रामेछापमा बस दुर्घटना २८ घाइते २ को अवस्था गम्भीर

 बुधबार, बैशाख १०, २०७७ | onlinenews
Share this

१० वैशाख, रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा यात्रुबाहक बस दुर्घटना हुदा २८ जना छाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको तामाकोसी अस्पताल रामेछापले जानकारी दिएको छ ।
गम्भीर घाइते दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको तामाकोसी अस्पतालका डा. केशब धामीले जानकारी दिए । अन्य घाइतेहरुको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।
लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखाको जफे जादै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको कुनौरीमा दुर्घटना भएको हो । मोडमा बस घुमाउने क्रममा सडकमै पल्टिएको थियो ।
३९ जना यात्रु बोकेर आएको सो बस कुनै पनि यातायात कम्पनीमा दर्ता नरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add