झापामा दुई सय बढीको आरडिटी परीक्षण

 आइतवार, बैशाख २१, २०७७ | onlinenews
Share this

२१ वैशाख, झापा– झापाको मेचीनगर नगरपालिकामा २ सयभन्दा बढीमा कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण गरिएको छ । मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीकी अनुसार आइतबारसम्म रगतको माध्यमबाट गरिने द्रुत परीक्षण विधि (आरडीटी) बाट १ सय ९० र स्वाबको माध्यमबाट गरिने परिक्षण (पीसीआर) बाट १९ वटा नमूना परीक्षण गरिएको छ ।
जसमा सबै नतिजाबाट नेगेटिभ रिपोर्ट आएको छ । पीसीआर परीक्षण मध्ये ७ वटा नमूनाको नतिजा आउन बाँकी रहेको उपप्रमुख उप्रेतीले जानकारी दिइन ।

Share this

प्रतिकृया

Add