नेपालगञ्जमा फेरि थपियो ६ जना, नेपालमा कोरोना संक्रमितको संख्या ७५

 आइतवार, बैशाख २१, २०७७ | onlinenews
Share this

२१ वैशाख, नेपालगञ्ज– आइतबार मात्रै नेपालगञ्जमा १५ जना कोरोना भाइसर संक्रमित पुष्टि भएका छन् । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको हो ।
मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । तर हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिदमा आउजाउ गर्ने मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) थिए ।
आइतबार साँझ थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
आइतबार थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् । उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको भेरी अस्पतालले जनाएको छ ।नेपालगञ्जमा १६ जना कोरोना संक्रमित हुँदा नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।

Share this

प्रतिकृया

Add