वडा अध्यक्ष आफैले एम्बुलेन्स चलाएर अस्पताल लगे विरामी

 शुक्रबार, जेष्ठ २, २०७७ | onlinenews
Share this

२ जेठ, रामेछाप– एउटा वडा अध्यक्षको काम विकास निर्माण र आफ्ना जनताको लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । तर गोकुलगंगा गाउपालिका–१ चुचुरेका अध्यक्ष मनिकुमार लामा भने आफै एम्बुलेन्स चालक बनेर समेत जनताको सेवामा लागेका छन् ।
वडा अध्यक्ष लामा शुक्रबार आफैले एम्बुलेन्स चलाएर विरामी लिएर काठमाडौं गए । चुुचुरेका ५५ बर्षिया भक्तबहादुर विक मुटुका दीर्घरोगी गाउँमा उपचार नपाएर छटपटाएपछि उनको उपचारको लागि वडा अध्यक्ष लामा आफैले एम्बुलेन्स चलाएर काठमाडौं लगेका हुन् ।
मुटुका रोगी विकको उपचारको लागि काठमाडौं जान यातायात नपाएपछि उनको आफन्त यातायातको ब्यवस्था गरिदिन वडा अध्यक्ष लामालाई गुहार्न पुगेका थिए ।
लकडाउनको कारण गाडी नपाएको भन्दै एम्बुलेन्सको ब्यवस्था मिलाइदिन अनुरोध गर्न विरामीको आफन्त रुदै वडा अध्यक्ष लामा भएको ठाउँमा पुगेपछि एम्बुलेन्सको लागि चारैतिर बुझे । वडामा रहेका एम्बुलेन्सको चालक आफै पनि विरामी रहेको कारण उनी गाडी लिएर काठमाडौं जान सक्ने अवस्था थिएन ।


चालक विरामी भएको कारण एम्बुलेन्स काठमाडौं जानसक्ने अवस्था नएपछि विरामीका आफन्त झनै तालिएर रुन थाले पछि उनले जसरी पनि काठमाडौ पठाउने व्यवस्था मिलाउने आश्वासन दिए । अन्त कतै गाडीको प्रबन्ध हुन नसकेपछि वडामा रहेको एम्बुलेन्सका चालकले गा¥हो नै परेको भए विस्तार विस्तार विरामी काठमाडौं पु¥याइदिन्छु नि त भने पछि वडाध्यक्ष आफैले एम्बुलेन्स चलाएर विरामी लाने निर्णयमा पुगे ।
वडा अध्यक्ष लामा एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आट गरेर विरामी लिएर काठमाडौं हिडे । प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएर आपूm विरामी लिएर काठमाडौं हिडेको अध्यक्ष लामाले बताए ।
कोरोना संक्रमणको जोखिम कम गर्न राज्यले आव्हान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैले लादा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको उनले बताए ।
जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर विरामी लिएर काठमाडौं हिडेको उनले बताए ।
गाडी नचलेर समस्या परिरहेको बेलामा पनि वडाध्यक्ष आफैले एम्बुलेन्स चलाएर उपचारका लागि अस्पताल पु¥याइदिन लागेकोमा आपूललाई निकै खुशी लागेको मुटु रोगी भक्तबहादुर बिकले बताए ।

Share this

प्रतिकृया

Add