नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

 शुक्रबार, जेष्ठ २, २०७७ | onlinenews
Share this

२ जेठ, काठमाडौं– नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९० को संक्रमित फेला परेको छ । ९ जना मध्य तीन जना दाङका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

Share this

प्रतिकृया

Add