तुलसीपुरमा भेटिएका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

 शनिबार, जेष्ठ ३, २०७७ | onlinenews
Share this

३ जेठ, दाङ– दाङमा फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको पाइएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुरका ब्यक्ति काठमाडौंमै रहेकाले उनललाई काठमाडौंकै संक्रमितको संख्यामा गणना गर्नुपर्ने तुल्सीपुर उपमहानगरपालिकाको भनाई छ ।
बिरामीको उपचार गर्ने क्रममा उनलाई संक्रमण भएको अनुमान गरिएको छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share this

प्रतिकृया

Add