नेपाली सेनाको पृतनापतिलाई पनि कोरोना संक्रमण

 शनिबार, जेष्ठ ३, २०७७ | onlinenews
Share this

३ जेठ, काठमाडौं– नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ ।
स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।
५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको बताइएको छ । मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएकाले त्यसक्रममा उनलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सैनिक अधिकारीको दर्जा थाहा भइनसकेको बताएको छ । यद्यपि कन्ट्याक ट्रेसिङको कार्य भने थालिसकिएको प्रशासनले जनाएको छ ।

Share this

प्रतिकृया

Add