रौतहटमा थपियो १० जनामा कोरोना संक्रमित, नेपालमा संक्रमित २९१ पुगे

 आइतवार, जेष्ठ ४, २०७७ | onlinenews
Share this

४ जेठ, रौतहट– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको हो ।
आइतबार फेला परेका १० जना संक्रमित सबै रौतहटको भएकाले स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।
यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।

Share this

प्रतिकृया

Add