पारिश्रमिक माग्दा निर्माण ब्यवसायिद्धारा मजदुरमाथि नै कुटपिट

 आइतवार, जेष्ठ ४, २०७७ | onlinenews
Share this

४ जेठ, रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिकाको मध्यमार्गी सडक निर्माणको काम गरिरहेका मजदुरमाथि कुटपिट भएको छ । सडक निर्माणको काम गरिरहेका रोल्पा घर भएका मजदुरलाई लकडाउनको कारण देखाउँदै कामबाट निकालिएपछि पारिश्रमिक माग्दा निर्माण ब्यवसायि देवराज बस्नेतले मजदुरमाथि कुटपिट गरेका हुन् ।


पारिश्रमिक माग्ने तीन जना मजदुरमाथि निर्माण ब्यवसायि बस्नेतले शरीरमा निलडाम बस्ने गरि कुटपिट गरेका थिए । मजदुरलाई दैनिक ९ सय रुपैयाँ ज्याला दिने सर्तमा काम लगाएकोमा ५ सय ५० रुपैयाँका दरले ज्याला दिएपछि पूरै ज्याला माग्दा मजदुरमाथि नै कुटपिट भएको हो ।
यस अघि काम गर्दा ८ सय ५० रुपैयाँ दैनिक ज्याला दिएको र यस पटक पहिलाको भन्दा ज्यालामा ५० रुपैयाँ बढाएर दिने भन्दै काममा लगाएको र अहिले आएर ५ सय ५० रुपैयाँको दरले हिसाब गरेको रोल्पाका मजदुर विशाल भण्डारीले गुनासो गरे ।
९ सय रुपैयाँ दैनिक ज्याला दिन्छु भनि काम लगाएर ५ सय ५० रुपैयाँ मात्र दिएपछि कबोल गरे अनुसारकै ज्याला माग्दा आपूm लगायत तीन जनालाई निर्माण ब्यवसायि देबराज बस्नेतले कुटपिट गरेको भण्डारीले गुनासो गरे ।


५ सय ५० रुपैयाँको दरले हिसाब गर्दा हुन आउने पारिश्रमिकको पनि आधा रकम मात्रै मजदुरले पाएका छन् । दैनिक ज्याला ५ सय ५० रुपैयाँले हिसाब गर्दा पनि एक जना मजदुर बराबर २० हजारदेखि २२ हजार रुपैयाँसम्म पैसा लिन बाँकी रहेको मजदुरहरुको भनाई छ ।
निर्माण ब्यवसायिले लकडाउनको कारण देखाउँदै कामबाट निकालिदिएपछि रोल्पा घर भएका १० जना मजदुरहरु पैदल हिडेर आइतबार मन्थली आइपुगेका छन् । लकडाउनको कारण होटलहरु बन्द हुँदा बास बस्ने ठाउँ नभएकाले रात दिन नै हिडेर आएको उनीहरुको भनाई छ ।
बिहान चार बजेतिर २ घण्टा सडकै सुत्ने र उज्यालो भएपछि फेरि हिड्ने गरिएको उनीहरुको भनाई छ । सात रात सात दिन हिड्दा घर पुगिने उनीहरुको आशा छ ।
४ वर्षदेखि रामेछाप जिल्लामा सञ्चालीत बिभिन्न आयोजनाहरुमा काम गर्दै आएका ती मजदुरहरु पछिल्लो पटक गत कार्तिक १० गतेदेखि उमाकुण्ड गाउँपालिकाको मध्यमार्गी सडक निर्माणको काम गर्दै आएका थिए ।

Share this

प्रतिकृया

Add