नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या २

 आइतवार, जेष्ठ ४, २०७७ | onlinenews
Share this

४ जेठ, बाँके– नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
भारतको मुम्बइबाट आएका बाँके नरैनापुर–५ का ती युवक क्वारेन्टाइनमा मृत्यु भएको थियो । शनिबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएका उनको आइतबार बिहानै मृत्यु भएको हो ।
युवाको मृत्यु पश्चात गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add