नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 सोमवार, जेष्ठ ५, २०७७ | onlinenews
Share this

५ जेठ, रामेछाप– नेपालमा कोरोनाभइरस (कोभिड–१९) संक्रमितको संखया ३५७ जना पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएएपछि संक्रमितको संख्या ३५७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।
त्यस्तै गल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १÷१ जना गरि ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण फेला परेको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share this

प्रतिकृया

Add