रामेछापको आइसोलेसनमा भर्ना भएका मध्य ८ जनाको रिपोर्ट नेगेटिभ

 सोमवार, जेष्ठ ५, २०७७ | onlinenews
Share this

५ जेठ, रामेछाप– कोरोनाभइरसको आशंकामा जिल्ला अस्पताल रामेछापको आइसोलेसन बेडमा भर्ना भएका १४ जनामध्य ८ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरि १४ जना कोरोना संक्रमण हुनसक्ने आशंकामा आइसोलेसनमा भर्ना भएका थिए । आशंकामा आइसोलेसनमा भर्ना भएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरि १४ जनाको स्वाव परीक्षणका लागि पठाइएका मध्य ८ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी ६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बाँकी ६ जनाको रिपोट मंगलबार आउने पनि बताइएको छ ।

Share this

प्रतिकृया

Add