जिल्ला प्रशासनको निर्णय कार्यान्वयनमा विविधता

 बुधबार, जेष्ठ ७, २०७७ | onlinenews
Share this

७ जेठ, रामेछाप– रामेछापको सम्पर्क सिधा तराइसँग जोडिएकाले रामेछाप जिल्ला सम्भावित कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । रामेछापको सदरमुकाम मन्थली दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको प्रवेशद्धारा भएकाले तराई हुँदै भारतबाट आउने खाद्य तथा निर्माण सामाग्री बोकेका ढुवानीका साधानहरु मन्थली प्रवेश भएर मात्रै जाने हुँदा भारतसँग पनि रामेछापको सिधा सम्पर्क छ ।
नेपालको तराइका जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को महामारी तीब्र गतिमा फैलिरहेको बेला रामेछाप जिल्लाले पनि उच्च सतर्कता अपनाउनु आवश्यक छ । रामेछापले सतर्कता अपनाएकै छैन भन्ने होइन तर अहिले जति सतर्कता अपनाइएको छ, अधिकांश निर्णयमा मात्रै सीमित छ ।
जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाहरुले गरेको निर्णयहरु सतर्कताका लागि पर्याप्त छन् तर कार्यान्वयन पक्ष एकदमै फितलो छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फैलिन नदिनका लागि गरेका निर्णयहरुको पूर्ण पालना गर्नु आवश्यक छ । तर प्रभावकारी कार्यान्वय हुन सकेको छैन ।
विशेषगरी केही तरकारी तथा फलपूmल पसलहरुले जिल्ला प्रशासन कार्यालयले कारोनाभाइरस रोकथामको लागि गरेको निर्णयहरुको खिल्ली उडाइरहेका छन् ।


जिल्ला प्रशासन कार्यालय रामेछापमा वैशाख २५ गते बसेको बैठकले तराइका जिल्लालगायत अन्य जिल्लाहरुबाट समेत रामेछाप भित्रिने, हरियो तरकारी, फलपूmल, माछामासु, कुखुरा, अण्डा (चल्ला) समेत ढुवानीमा जेठ १ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सो निर्णय मन्थलीमा सम्बन्धित ब्यवसायका धेरैजसो ब्यवसायिमा लागू भयो तर मन्थलीमै रहेको न्यू जनरल सफल स्टोर्सलाई त्यो निर्णय लागू भएन । उनले बाहिरी जिल्लाहरुबाट हरियो तरकारी, फलपूmल लगायतका बस्तुहरु नियमित आयात गरिरहे । बिना रोकतोक उनले ती बस्तुहरु ल्याएर बिक्रीवितरण गरिरहेका छन् ।
अझ अनौठो कुरा के छ भने अन्य ब्यापारिहरुले काठमाडौंबाट ल्याएको तरकारी मन्थलीको देवकोटा चोकमा आइपुगेपछि पनि प्रशासनले फिर्ता पठाएको छ तर न्यू जनरल सफल स्टोर्स मन्थलीले ल्याएको सोही प्रक्रितिका बस्तुमा कुनै रोकतोक छैन ।
त्यतिमात्रै होइन अन्य ब्यापारीहरुलाई हरियो तरकारी ल्याउँदा प्रहरी कार्यालयमा बोलाएर नैसियत दिइएको छ तर न्यू जनरल सफल स्टोर्र्सले बाहिरी जिल्लाबाट खुलेआम हरियो तरकारी र फलपूmल आयात गरेर बिक्री बितरण गरिरहँदा उनलाई एक पटक पनि सोधनी भएको समेत रेकर्ड छैन ।
अत्यावसेक खाद्यन्न किनबेचको लागि दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म पसल सञ्चालन गर्ने प्रशासनले निर्णय गरेको छ । अरु पसलहरु प्रशासनले जारी गरेको निर्देशन अनुसार खुल्ने र बन्द हुने गरेको भएपनि न्यू जनरल सफल स्टोर्स भने दिनभरी नै सञ्चालन भइरहेको स्थानीयको भनाई छ ।
अन्य तरकारी तथा फलपूmल पसलले भन्दा न्यू जनरल सफल स्टोर्सले मूल्य समेत बढी लिने गरेको उपभोक्ताको गुनासो छ । अन्य ब्यवसायिले ल्याएको सामग्रीमा कोरोना आउने र न्यू जनरल सफल स्टोर्र्सले ल्याएको सामग्रीमा कोरोना नआउने हो भने प्रशासनले स्पष्ट रुपमा भनिदिनुपर्ने स्थानीयको माग छ । नत्र बाहिरी जिल्लाबाट ढुवानी गर्न प्रतिबन्ध लगाउने भनिएका बस्तुहरु ढुवानीमा प्रतिबन्ध लगाउने निर्णय पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने स्थानीयको भनाई छ ।
यदि मन्थलीमा ब्यवसायिहरुबाट कोरोना भित्रिन्छ भने न्यू जनरल सफल स्टोर्सबाट नै भित्रिन्छ भन्ने आमा मानिसको बुझाई छ । अन्य व्यवसायिहरुले ल्याएको तरकारी फिर्ता पठाइनु र न्यू जनरल सफल स्टोर्र्सले बिना रोकतोक सोही प्रक्रितिका तरकारी तथा फलपूmल ल्याउनुमा प्रशासनको समेत मिलेमतो हुनसक्ने अन्य ब्यापारिहरुले आशंका ब्यक्त गरेका छन् ।
न्यू जनरल सफल स्टोर्सले पछिल्लो पटक यही जेठ ५ गते जिल्ला बाहिरबाट हरियो तरकारी तथा फलपूmलहरु एक गाडी ल्याए । उनले बाहिरबाट हरियो तरकारी तथा फलपूmल ल्याएको विषयमा स्थानीयले विरोध समेत गरे । जिल्ला प्रशासन कार्यालयमा जानकारी समेत गराए तर कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । उनले निर्धक्कका साथ, हरियो तरकारी, केरा, आँप, स्याउ, अनारजस्ता फलफुल बाहिरै सजाएर बिक्रीवितरण गरे ।
यस विषयमा न्यू जनरल सफल स्टोर्सका सञ्चालक रमेश भनिने मंगलबहादुर तामाङसँग बुझ्दा आपूmले फलपूmल तराइबाट नभई काठमाडौंबाट ल्याएको बताए । जिल्ला प्रशासन कार्यालयले जेठ १ गतेसम्मको लागि मात्र प्रतिबन्ध लगाएकाले आपूmले जेठ ५ गते सामान ल्याएको भन्दै ल्याउन पाउने दावि गरे । यस विषयमा रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले पनि जेठ १ गतेसम्म प्रतिबन्ध लगाइएको र त्यसपछि प्रतिबन्ध खुलाएको र नखुलाएको दुवै जानकारी नगराइएको भनि दोहोरो अर्थ लाग्ने प्रतिक्रिया दिइन । प्रजिअ शर्माले बाहिरी जिल्लाबाट हरियो तरकारी र फलपूmल आएको गुनासो आपूmसम्म पनि आइपुगेको बताइन ।
जिल्ला प्रशासन कार्यालय आपैmले गरेको निर्णय कार्यान्वयनमा आफै धरमराउनुलाई यहाँका स्थानीयले शंकाको दृष्टिले हेरेका छन् । पुनः बाहिरी जिल्लाबाट आउने हरियो, तरकारी तथा फलपूmल ढुवानीमा जेठ १२ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यद्यपि यो निर्णय कार्यान्वयन हुनेमा भने स्थानीयले शंका गरेका छन् ।

Share this

प्रतिकृया

Add