नेपाल कोरोना संक्रमित संख्या ४२७ पुग्यो

 बुधबार, जेष्ठ ७, २०७७ | onlinenews
Share this

७ जेठ, रामेछाप– नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये बाँकेमा ६ जना रहका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् ।
नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी नवलपरासीमा पनि एक जना कोरोना संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

Share this

प्रतिकृया

Add