कोरोना संक्रमितको संखया ५८४

 शनिबार, जेष्ठ १०, २०७७ | onlinenews
Share this

१० जेठ, काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार थप ३६ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५ सय ८४ पुगेको हो ।
शनिबार भेटिएको ३६ जनामध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा २७ जना, बैतडीमा चार जना, बर्दियामा एक जना, झापामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएका हन् ।

Share this

प्रतिकृया

Add