रामेछापमा आरडिटी रिपोर्ट पोजेटिभ आउनेको संख्या ६

 शनिबार, जेष्ठ १०, २०७७ | onlinenews
Share this

१० जेठ, रामेछाप– रामेछाप जिल्लामा आरडिटी रिपोर्ट पोजेटिभ आउनेको संख्या ६ जना पुगेको छ । शनिबार एक जना स्वास्थ्यर्की र एक जना स्थानीय ब्यक्तिको आरडिटी रिपोर्ट पोजेटीभ आएपछि आरडिटी रिपोर्टमा कोरोना पोजेटीभ आउनेको संख्या ६ जना पुगेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
शुक्रबार १ जना कर्मचारी र ३ जना स्वास्थ्यकर्मीको आरडिटी रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । आरडिटीको रिपोर्ट कोरोना पोजेटिभ आएका सबै जनाको स्वाव परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. जितेन्द्र कर्णले जानकारी दिएका छन् ।

Share this

प्रतिकृया

Add