अनुगमन टोलीलाई प्रमाण देखाउन नसकेपछि लक्ष्मी आयल स्टोर्स पुनः सिल

 सोमवार, जेष्ठ १२, २०७७ | onlinenews
Share this

१२ जेठ, रामेछाप– मन्थलीस्थित भैसेश्वरमा रहेको लक्ष्मी आयल स्टोर्सले पेट्रोलमा मिसावट गरि बिक्री गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार साँझ नजोल सिल गरेको थियो । जिल्ला प्रशासन कार्यालय रामेछापले नोजल सिल गरेकै दिन पम्प सञ्चालकले १२ हजार लिटर डिजेर झारेपछि शुक्रबार पुनः इन्धन स्टोर गर्ने ट्यांकीमा पनि सिल गरेको थियो ।
आइतबार अनुगमनका लागि नेपाल आयल निगमबाट आएको टोलीले समेत पुनः सिल गरेर फर्किएको छ । आयल निगम काठमाडौंका वितरण विभागका उप–प्रबन्धक बिदुर कोइरालाको नेतृत्वमा आएको अनुगमन टोलीलाई उनीहरुले मागे अनुसारको कागजपत्र तथा प्रमाणहरु पम्प सञ्चालकले दिन नसकेपछि पम्पलाई पुनः सिल गरिएको हो ।
आयल निगमबाट आएका अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालयले लगायको सिल तोडेर टयांकीमा रहेको इन्धनको मात्रा जाँच गर्नुका साथै नोजलको समेत निरीक्षण गरि पुनः सिल गरेको हो ।
पम्प सञ्चालकले आफ्नो कर्तुत लुकाउन अनुगमन टोलीका प्रतिनिधिलाई समेत झुक्याएको र ढाँटेको प्रमाणका आधारमा पुनः सिल गरेको बताइएको छ । साथै पम्प सञ्चालमाथि समेत अनुसान्धान गर्ने अनुगमन टोलीले जनाएको छ ।
इन्धन गरिद बिक्रीको हिसाव पारदर्शी नभएको, आयल निगमका प्रतिनिधिले मागेका प्रमाणहरु दिन नसकेको साथै अन्य संकास्पद ब्यवहारका आधारमा पुन पम्पलाई सिलगरिएको काठमडौं वितरण विभागका उप–प्रबन्धक विदुर कोइरालाले बताए ।
लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका १ सय वटा भन्दा बढी मोटरसाइकलमा कार्बोरेटर तथा इन्जीनमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालयले सो पम्पलाई सिल गरेको थियो । पेट्रोलमा हावाई इन्धन मिसाइएको कारण मोटरसाइकमा समस्या आएको स्थानीयको भनाई छ ।
मन्थली विमानस्थलको कर्मचारीसँगको मिलेमतोलमा लक्ष्मी आयल स्टोर्सले पेट्रोलमा हवाई इन्धन मिसाएर बिक्री नर्गे गरेको समेत स्थानीयको दावि गरेका छन् । लक्ष्मी आयल स्टोर्स पुन सिल भएपछि सो आयल स्टोर्स सञ्चालन हुने नहुने बारेमा नमूनाको लागि लिएको इन्धन परीक्षण पछिमात्र भन्न सकिने काठमाडौं वितरण केन्द्रका उप–प्रबन्धक कोरालाले बताए । नमूना परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्ने पनि उनले जानकारी दिए ।

Share this

प्रतिकृया

Add