रामेछापबाट परीक्षणको लागि पठाइएको ६ जनाको स्वाव रिपोर्ट नेगेटिभ

 बुधबार, जेष्ठ १४, २०७७ | onlinenews
Share this

१४ जेठ, रामेछाप– जिल्लाबाट परीक्षणको लागि १२ जनाको स्वाव पठाइएकोमा ६ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रिपोर्ट आएका ६ जनाकै रिपोर्ट नगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।
रिपोर्ट आउनेमा २ जना गुन्सी र ४ जना मन्थलीका रहेका छन् । डा. कर्णका अनुसार गत शुक्रबार पठाइएको स्वावको रिपोर्ट आएको हो भने त्यसपछि पठाइएको स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । गत शुक्रबार परीक्षको लागि पठाइएको स्वावको रिपोर्ट ६ दिनपछि आएको हो ।
परीक्षणको लागि काठमाडौंको टेकु पठाइएका स्वावको रिपोर्ट आउन ढिला गर्दा जिल्लामा त्रास फैलिएको थियो । ६ जनाको रिपोर्ट आउन अझै बाँकी रहेकाले जिल्लामा त्रास भने कायमै रहेको छ ।

Share this

प्रतिकृया

Add