काठमाडौंका सडक मजदुरलाई खाना खुवाउन अमेरिकाबाट सहयोग

 शुक्रबार, जेष्ठ १६, २०७७ | onlinenews
Share this

१६ जेठ, रामेछाप– १३ औं गणतन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका ५ जना नेपालीले लकडाउनको कारण भोकै परेका सडक मजदुरहरुलाई खाना खुवाउनको लागि प्रदिप घिमिरे मार्फत आर्थिक सहयोग गरेका छन् ।
नेपाल बन्दाबन्दीको कारण काठमाडौंका सडक मजदुरहरु भोकभोकै बस्नुपर्ने बाध्यतामा दैनिक खाना खुवाउँदै आएका समाजसेवि प्रदिप घिमिरे मार्फत एक छाक खाना खुवाउन रकम पठाइएको सहयोगीहरुको भनाई छ । आपूmहरुले भोका मजदुरहरुलाई खाना खुवाउन सहयोग गर्न पाएकोमा उनीहरुले खुसी समेत ब्यक्त गरेका छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर लगायतका विभिन्न स्थानहरुमा रहेका २ सय भन्दाबढी मजदुरहरुलाई खाना खुवाउँदै आएका प्रदिप घिमिरे मार्फत अमेरिकामा रहेका ५ जना नेपालीले (१८८ डलर) २१ हजार ५ सय ४० रुपैयाँ ८२ पैसा आर्थिक सहयोग गरेका हुन् ।
सुनसरीको मोरङ घर भई हाल अमेरिकाको ओहायोमा रहेका हेम चौधरी र शान्ति मोदीले संयुक्त रुपमा १० हजार रुपैयाँ, चितवनको भरतपुर घर भई हाल अमेरिकाको टेक्सासमा रहेका नारायण कडेल ५ हजार ९ सय ४५ रुपैयाँ, भोजपुरको हतुवागढी घर भई हाल अमेरिकाको सिकागोमा रहेका विश्व राई ३ हजार ५ सय ६० रुपैयाँ र काठमाडौं घर भई हाल अमेरिकाको ओहायोमा रहेकी इच्छा कार्कीले २ हजार ९ सय ९० रुपैयाँ सहयोग गरेकी छन् ।
समाज सेवामा विभिन्न खालका समस्याहरु आइपर्ने भन्दै २ सय सडक मजदुरलाई दैनिक खाना खुवाउँदै आएका प्रदिपलाई पनि उनीहरुले हरेस नखान अनुरोध गरेका छन् । दिन दुःखिको सेवा गर्दै जान अनुरोध गर्दै इश्वरले अवश्यनै हेर्ने र पु¥याउने छन् भनि प्रदिपलाई उनीहरुले थप उत्साह समेत दिएका छन् ।

सहयोग गर्न इच्छुक महानुभावहरुले निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुने छ ।
प्रदिप घिमिरे ‘अमूल्य’ मोवाइल नं. ९८४११४१४६८
इमेल– [email protected]

https://www.facebook.com/amulya.ghimire?epa=SEARCH_BOX

Share this

प्रतिकृया

Add