थप १९ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १४२०

 शनिबार, जेष्ठ १७, २०७७ | onlinenews
Share this

१७ जेठ, रामेछाप– थप १९ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।
शनिबार मात्र यसअघि १८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २० पुगेको छ ।

Share this

प्रतिकृया

Add