घरेलु मदिरा नष्ट गर्न प्रहरीको सक्रियता

 सोमवार, जेष्ठ १९, २०७७ | onlinenews
Share this

१९ जेठ, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अबैध घरेलु मदिरा नष्ट गरिएको छ । ठोसेको चोरपातलमा अबैध घरेलु मदिरा नष्ट गरिएको हो । प्रहरी हवलदार क्षेत्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले अबैध मदिरा नष्ट गरेको प्रहरी चौकी ठोसेले जानकारी दिएको छ ।
स्थानीयको गुनासोको आधारमा त्यहाँ पुगेका प्रहरी टोलीले ३० लिटर भन्दाबढी मदिरा नष्ट गरेको हो । ठोसे प्रहरी चौकीले अबैध मदिरा नष्ट गर्ने अभियानलाई तीब्र पारेको छ । यस अघि प्रहरी चौकी ठोसेले दोर्जे, ठोसे बजार र रस्नालु लगायतका स्थानमा पाँच सय लिटर भन्दा बढी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ नष्ट गरेको थियो ।


मदिराको कारण विकृति बढ्न थालेपछि गाउँगाउँमा पुगेर घरेलु मदिरा नष्ट गरेको प्रहरी हवलदार गरिले जानकारी दिए । घरेलु मदिराको कारण घरेलु हिंसाका घटना र झैझगडा बढ्नथालेपछि मदिरा नष्ट गर्ने अभियान चलाइएको प्रहरीले जानकारी दिएको छ ।
लकडाउनको कारण गाउँका पसलहरूमा सिलबन्दी मदिरा पाइन छाडेपछि घरेलु मदिरा उत्पादन र खपत बढेको प्रहरीले बताएको भनाई छ । लकडाउनको कारण गाउँ फर्केकाहरूको चहलपहल बढेसंगै मदिरा सेवनका कारण आपराधिक घटना बढ्न सक्ने भएकाले घरेलु मदिरा उत्पादनमा निगरानी बढाउने र अबैध मदिरा नष्ट गर्ने अभियानलाई तीब्र जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कोराना महामारीको समयमा घरेलुु मदिरा उत्पादन र सेवनले शान्ति सुरक्षामा चुनौती थप्न सक्ने भएकाले जिल्लाभर घरेलु मदिरा उत्पादन र बिक्री वितरणलाई रोक्न निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

Share this

प्रतिकृया

Add