घर बनाउन आकाशे पानी कुर्नै रामेछाप मझुवाका भूकम्प प्रभावित

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

चैत्र ७, रामेछाप

रामेछाप जिल्लाको मझुवा गाविसका भूकम्प पीडितहरुले पानीको अभावमा घर निर्माण गर्न सकेका छैनन् । भूकम्पको कारण पानीको मुहान् सुकेपछि सरकारले दिएको अनुदान रकम लिए पनि घर निर्माण गर्न नसकिएको भूकम्प पीडितहरु बताउँछन् ।
मझुवा गाविसका स्थानीयले उपभोग गर्दै आएको पानीको मुहान भूकम्पको कारण सुकेपछि खानेपानीको समेत समस्या भएको स्थानीयको स्थानीय हेमबहादुर खड्काले बताए ।
घर निर्माणको लागि सरकारले दिने भनेको तीन लाख रुपैयाँको पहिलो किस्ताव वापत ५० हजार रुपैयाँ लिए पनि पानी नहुदा घर बनाउन नसकेको अर्का स्थानीय बुद्धिबहादुर बोहोराले बताए ।
बर्खा लागेर पानी पार्न थालेपछि आकाशे पानी जमाएर घर बनाउने तयारीमा रहेको हेमबहादुर खड्काले बताए । घर निर्माणको लागि जग खन्ने काम भए पनि पानी नहुँदा जग समेत राख्न नसकेको उनले गुनासो गरे ।
भूकम्पपले पानीको महान् सुक्नुका साथै एउटा मुहानको पानी पकरबास गाविसमा लगिएपछि खाँडादेविका स्थानीय खानेपानीको समेत समस्याम परेका छन् ।
पानीको अभावमा त्यहाँका स्थानीयले गाई बस्तु समेत घरको एउटामात्र पाल्ने गरेको बताउँछन् । घरमा पालिएको एउटा बस्तुलाई समेत खानेपानी खटाएर खुवाउनु पर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।

प्रतिकृया

Add