शुक्रबारदेखि रामेछापमा तीन प्रकारका बाहेक सबै पसलहरु खुल्ने

 बिहिबार, जेष्ठ २२, २०७७ | onlinenews
Share this

२२ जेठ, रामेछाप– नेपालमा कोरोनाभाइरेको संक्रमण तीब्र गतिमा फैलिरहेको बेला रामेछाप जिल्लामा भने शुक्रबारदेखि तीन प्रकारका बाहेक सबै पसलहरु सञ्चालन हुने भएको छ ।
बिहीबार रामेछापको प्रमुख जिल्ला अधिकारीका रुद्रादेवि शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापको बैठकले शुक्रबारदेखि ब्यूटिपार्लर, शैलुन र होटल बाहेकका पसलहरु (कपडा, स्टेशनरी, पुस्तक पसल र इलेक्ट्रोनिक्स पसल) बिहान ६ बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अघि, खाद्यन्न र तरकारी लगायतका पसहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुलाउँदै आएकोमा शुक्रबारदेखि ब्यूटिपार्लर, शैलुन र होटल बाहेक पसलहरु बिहान ६ बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
सामान किनबेच गर्दा ब्यक्तिबीचको दुरी भने कामय गुर्नु पर्ने जिल्ला स्तरीय संकट ब्यवस्थाप केन्द्रले गरेको निर्णयमा उल्लेख छ । लकडाउनसँगै बन्द गरिएका भनिएका फेन्सी तथा कस्मेटिक्स पसलहरुले सामान ढुवानी तथा बिक्री गर्दा थाहा नपाएकोजस्तो गर्दै आएको जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि भने खुल्ला रुपमा पसलहरु सञ्चालन गराउने निर्णय गरेको हो ।

Share this

प्रतिकृया

Add