गोकुलगंगाका कोरोना संक्रमितलाई गाउँपालिकाले घर पठाइसकेको थियो

 शुक्रबार, जेष्ठ २३, २०७७ | onlinenews
Share this

२३ जेठ, रामेछाप– शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मध्य गोकुलगंगा गाउँपालिकाका ११ जनालाई गाउँपालिकाले आ–आफ्नै घरमा पठाइसकेको थियो ।
शुक्रबार बिहान ११ बजे नै गाउँपालिकाले उनीहरुलाई घर पठाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार उनीहरुको स्वावको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई पुनः क्वारेन्टाइनमा ल्याइएको छ ।
बिहान घर पठाइएका मध्य १ जना अझै सम्पर्कमा नआएको र उनको खोजी भइरहेको स्थानीयको भनाई छ । क्वारेन्टाइनमा बसेका उनीहरुको रिपोर्ट नेगेटिभ आएको भनि गाउँपालिकामा अपुष्ट जानकारी आएपछि उनीहरुलाई घर पठाइएको थियो ।
गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएपछि उनीहरुले घर परिवार, आफन्त र साथीहरुसँग भेटभाट गर्नुका साथै बजारमा गएर कपडा किनमेल समेत गरेको स्थानीले जानकारी दिएका छन् ।
क्वारेन्टाइनबाट शुक्रबार घर पठाइएकाहरुको स्वावको रिपोर्ट पोजेभिट आए लगत्तै गाउँपालिकाले पुनः उनीहरुलाई सम्पर्कमा ल्याएर क्वारेन्टाइनमा राखिसकेको रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन । स्वावको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिकाको समन्वयमा उनीहरलाई पुनः क्वारेन्टाइनमा राखिएको प्रजिअ शर्माको भनाई छ ।
तर गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले भने उनीहरुलाई नछोडिएको र गाउँपालिकाकै क्वारेन्टाइनमा रहेको बताएका छन् । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
शनिबारदेखि अत्यावश्यक पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खुलाउने पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । अत्यावश्यक बाहेकका अन्य पसलहरु खोल्न नदिने पनि प्रशासनले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add