विश्व वातावरण दिवस पारेर बृक्षारोपण महाअभियान सुरु

 शनिबार, जेष्ठ २४, २०७७ | onlinenews
Share this

२४ जेठ, रामेछाप– विश्व वातावरण दिवसको अवसर पारेर वातावरण संरक्षण परियोजना मन्थलीले बृक्षारोपण महाअभियान सुरु गरेको छ । गत वर्षदेखि बृक्षारोण अभियान चलाएको वातावरण संरक्षण परियोजनाले विश्व वातावरण दिवसको अवसर पारेर यस वर्षको बृक्षारोप महाअभियान सुरु गरेको हो ।
‘सुरक्षित जिवनका लागि जैविक विविधता’ भन्ने मूल नाराका साथ मनाइएको विश्व वातावरण दिवसकै दिन पारेर बृक्षारोपण महाअभियान सुरु गरेको वातावरण संरक्षण परियोजनाले शुक्रबार सानीमदौ सामुदायिक बन र मन्थली मध्यमिक विद्यालय क्षेत्रमा विभिन्न प्रजातिका ४ सय वटा विरुवा रोपेको हो ।


सानीमदौ सामुदायिक बन, मन्थली मध्यमिक विद्यालय र सानीमदौ सोसियल सिटी युवा क्लवसँगको सहकार्यमा वातावरण संरक्षण परियोजनाले सामुदायिक बन तथा विद्यालय क्षेत्रमा बृक्षारोपण गरेको हो ।
वातावरण संरक्षण परियोजनाले स्थानीय समुदायलाई जगाउने, सघाउने, अघि लगाउने र टिकाउने उद्देश्य लिएर काम गरिरहेको सामुदायिक विकास समाज (सिडिएस) का कार्यकारी निर्देशक तथा वातावरण संरक्षण परियोजना ब्यवस्थापक मिलनकुमार घिसिङले बताए । विश्व वातावरण दिवसको अवसर पारेर गत वर्षजस्तै यस वर्ष पनि बृक्षारोपण महाअभियान सुरु गरिएको घिसिङले बताए ।
यस वर्षको बृक्षारोपण अभियानको पहिलोदिन सानीमदौ सामुदायिक बन र मन्थली मध्यमिक विद्यालय क्षेत्रमा विभिन्न प्रजातिका ४ सय वटा विरुवा रोपिएको हो । सामुदायिक बनको सडक आसपासमा गुल्मो, क्यासिया लगायतका विरुवाहरु लगाइएको घिसिङले बताए । त्यसैगरी विद्यालय क्षेत्रमा पूmलफुल्ने प्रजातिका कालो सिरिस, बकाइनो लगायतका विरुवाहरु साथै फलपूmल प्रजातिमा अम्बा कटहर लगायतका विरुवाहरु रोपिएको घिसिङले बताए ।


गत वर्ष वातावरण संरक्षण परियोजनासँगको सहकार्यमा सानीमदौ सामुदायिक बन र मन्थली माध्यमिक विद्यालयले लगाएको विरुवा पूर्णरुपमा हुर्काएको भन्दै विद्यालय र सामुदायिक बनलाई परियोजना ब्यवस्थापक घिसिङले धन्यवाद ज्ञापन समेत गरे ।
मन्थली माध्यमिक विद्यालयले आफ्नो विद्यालय क्षेत्रमा रोपिएका विरुवाहरु हुर्काउन शिक्षक, विद्यार्थी र कर्मचारीहरु मिलेर रेखदेख र गोडमेल गर्दै आएको छ । लकडाउनको समयमा पनि विरुवा रेखदेखका लागि शिक्षक, विद्यार्थी र कर्मचारीहरुको ७ वटा समूह बनाएर पालैपाले हेर्ने गरिएको मन्थली मध्यमिक विद्यालयका शिक्षक चन्द्र सिं धामीले जानकारी दिए ।


विगतका वर्षमा रोपिएका विरुवाहरु सबै हुर्किएको पनि उनले बताए । गत वर्ष रोपिएका विरुवाहरु सतप्रतिशत हुर्काउन विद्यालय सफल भएको र त्यसले थप उत्साहित समेत बनाएको शिक्षक धामीको भनाई छ । विद्यालय क्षेत्रमा क्यासिया लगायतका हरियाली बनाउने खालका विरुवाहरु रोपिएका छन् भने फलपूmलमा आनार, आँप, एबोकाडो लगायतका विरुवाहरु रोपिएका छन् ।
त्यसैगरी सानीमदौ सोसियल सिटी युवा क्लवले विरुवा रोप्नको लागि खाल्डो, खन्ने, मल हाल्ने र विरुवा रोप्ने काम गर्दै आएको छ । सानीमदौ सामुदायिक बनका कोषाध्यक्ष समेत रहेका सानीमदौ सोसियल सिटी युवा क्लवका उपाध्यक्ष युवराज सुवेदीले युवाहरु बनलाई हरियाली बनाउने अभियानमा जुटेको बताए ।
अहिले वातावरण संरक्षण परियोजनासँग समन्वय गरेर बृक्षारोप गरेका युवा क्लवले आगामी दिनमा छुट्टै ब्यवस्थापन सहित आफै बृक्षारोपण गर्ने कार्यक्रम बनाएर अगाडि बढ्ने पनि सुवेदीले बताए ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Milan Kumar Ghising

    Milan Kumar Ghising
    वातावरण संरक्षणको क्षेत्रमा भए गरेका कामको समाचार प्रकाशित गरी थप उत्साहित बनाएको Hamro Online News. Com लाई हार्दिक धन्यवाद।