कोरोना संक्रमण पुष्टि भएका गोकुलगंगाका २ जना फरार

 शनिबार, जेष्ठ २४, २०७७ | onlinenews
Share this

२४ जेष्ठ, रामेछाप– शुक्रबार कोरोना संक्रमण पुष्टि भएको १७ जना मध्य दुई जना फरार भएका छन् । गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
जस मध्य गोकुलगंगा गाउँपालिकाका २ जना फरार रहेको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । सम्पर्कमा आएका गोकुलगंगा गाउँपालिकाका ९ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जना गरि १५ जनालाई भने जिल्ला अस्पताल रामेछाप ल्याइएको छ ।
संक्रमितहरुलाई शुक्रबार बेलुकानै जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना रोग सम्पर्क व्यक्ति डा. आनन्द आचार्यले जानकारी दिए ।
संक्रमित व्यक्तिहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका कारण संक्रमितको परिवारमा थप संक्रमणको जोखिम भने कम रहेको डा. आचार्यले बताए ।
कोरोना संक्रम पुष्टि भएका मध्य सम्पर्कमा आएका १५ जनाको जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा उपचार भइरहेको पनि डा.आचार्यले जानकारी दिए । आइसोलेसनमा रहेकोहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको बताइएको छ । कोरोना संक्रमितहरुमा १७ वर्षदेखि ४९ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

Share this

प्रतिकृया

Add