घोटला गरेको अनुदान रकम पचाउन फार्मनै ठाउँसारी

 सोमवार, जेष्ठ २६, २०७७ | onlinenews
Share this

२६ जेठ, रामेछाप– थानापति बाख्रा पालन कृषक समूहले आर्थिक घोटला गरेको भनि स्थानीयले आरोप लगाउदै अनुदान आएको रकम पारदर्शी हुनुपर्ने माग गरेपछि फार्मनै ठाउँसारी गरिएको छ । थानापति बाख्रा पालन कृषक समूहले पटक–पटक अनुदान ल्याएर घोटला गरेको स्थानीयको आरोप छ ।
चालू आर्थिक वर्षमा संघीय सांसद विकास कोष मार्फत खोर ब्यवस्थापन तथा बजारीकरण शीर्षकमा आएको ४० लाख रुपैयाँ अनुदान रकम पारदर्शी हुनुपर्ने स्थानीयले माग गरेपछि फार्म सञ्चालक रामबाबु गिरीले फार्म ठाउँसारी गरेर मन्थली नगरपालिका–८ गाइखुरामा ल्याएका हुन् ।


मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको थानापति बाख्रा पालन कृषक समूहको नामबाट सञ्चालन गरिएको फार्मको लागि आएको अनुदान रकम पारदर्शी हुनपर्ने स्थानीयले माग गरेपछि सो रकम समान्य तरिकाले पचाउन नसकिने बुझेका फार्म सञ्चालक गिरीले फार्म नै ठाउँसारी गरि मन्थली–८ गाइखुरामा ल्याएका हुन् ।
यसअघि बाख्रा पालन, खोर निर्माण तथा घाँस उत्पादनको नाममा आर्थिक वर्ष २०७३/०७४ मा प्याक्ट (PACT) परियोजना मार्फत ९५ लाख रुपैयाँ अनुदान आएको थियो । सो अनुदान प्राप्त गर्न, सामान्य खालको खोर बनाएर गाउँमै पाइने ३५ वटा बाख्रा पनि हाले । तर, अनुदान आइसकेपछि स्थानीय गीता गिरीलाई खोर सहितको बाख्रा र ६० वटा कुखुराको चल्ला तीन लाख रुपैयाँमा बिक्री गरे ।
रामबाबु गिरीले बाख्राको फार्म बिक्री गर्दा अनुदान आएको रकम गीता गिरीलाई दिने र अनुदान पारिदिए वापत आपूmलार्ई कमिशन दिनुपर्ने शर्त राखेको तर अनुदान आएको रकम रामबाबु एक्लैले खाएको गीता गिरीले बताइन ।


प्याक्ट परियोजना मार्फत आएको ९५ लाख रुपैयाँबाट कमिशन लिएर बाख्रा पालनको लागि गीता गिरीलाई दिने र बाख्रा फार्मको लागि वर्षेनी १ लाख रुपैयाँ अनुदान पारिदिने प्रलोभन देखाएर आपूmलाई बाख्रा, खोर र कुखुराको चल्ला किनाएको गीता गिरीले बताइन । तर प्याक्टबाट आएको ९५ लाख रुपैयाँ समेत बाख्रा फार्मलाई नदिई रामबाबु एक्लैले खाएको गीता गिरीले बताइन ।
अनुदान आएको रकम दिन्छु, तिमीलाई पनि राम्रो हुन्छ, अन्तबाट पनि अनुदान मिलाइदिन्छु भनि मलाई बाख्रा फार्म किन्न लगाए, फार्मको पैसा पनि लियो तर फार्म मेरो नाममा पास गरिदिएनन्, मलाई बेचेको बाख्राको फोटो देखाएर उनले ९५ लाख रुपैयाँ खाए गिरीले भनिन् ।
बाख्रा विरामी परेको बेला उपचार गर्न जिल्ला पशु स्वास्थ्य कार्यालयमा जादा पो मलाई थाहा भयो, रामबाबुले मलाई बाख्रा हेर्न राखिएको गोठालो हो भनेर जानकारी दिएका रहेछन् । यो बाख्रा मेरो हो, मैले किनेको हो भन्दा रामबाबुरले यो मेरो बाख्रा गोठाली हो, यसले नभएको कुरा गरिछे भनेर उल्टै मलाई धम्क्याए गीताले गुनासो गरिन् ।


फार्मको नाममा बाख्राको विमा गरिएको रहेछ, मैले पैसा दिएपछि फार्म मेरो नाममा नामसारी गरिदिनु भनेर पटक–पटक भने तर फुर्सद नभएको बाहना बनाएर टाढे । फार्म पनि मेरो नाममा नामसारी दिएन, विरामी पर्दा बाख्राको उपचार पनि गरेन ।
धेरैजसो बाख्रा विरामी पर्दा उपचार नपाएर मरे, केही बाख्रा मैले बेचेँ गीताले दुःखेसो गरिन् । मेरो श्रीमानले विदेशमा दुःख गरेर कमाएको तीन लाख रुपैयाँ पैसा पनि खाइदियो र मलाई फार्म पनि दिएन गीताले गुनासो पोखिन् ।
गत आर्थिक वर्षमा प्रदेश सरकारबाट ४० लाख रुपैयाँ अनुदान आयो । त्यो पनि त्यही बाख्रा फार्म देखाएर खायो । मलाई एक रुपैयाँ पनि दिएन गीताले भनिन् । यस विषयमा रामबाबु गिरीसँग बुझ्दा गीता गिरीसँग २ लाख ६० हजार रुपैयाँ लिएको र सो रकम बराबरको बाख्रा र कुखुराको चल्ला दिएको बताए ।

आपूm अनुकुलको निर्णय नभएपछि फार्मको ठाउँसारी

चालू आर्थिक वर्षमा संघीय सांसाद विकास कोष मार्फत खोर ब्यवस्थापन तथा बजारीकरण शीर्षकमा ४० लाख रुपैयाँ अनुदान पारे । सो बजेट कार्यान्वयन गराउन, उपभोक्ता समिति गठन गरि पठाउन भनि मन्थली नगरपालिकाले वडा नम्बर ९ लाई पत्राचार ग¥यो । नगरपालिकाको पत्रअनुसार वडा कार्यालयले उपभोक्ता समितिको लागि भेला बोलाउन रामबाबुलाई अनुरोध गर्यो । तर रामबाबुले आम भेला बोलाएर उपभोक्ता समिति गठन गर्न अस्वीकार गरे ।


फार्म सञ्चालनको लागि उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडा अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधिको अध्यक्षतामा भेला सञ्चालन गर्नुपर्ने ब्यवस्था छ । तर रामबाबु गिरीले वडा कार्यालयसँग समन्वय नै नगरि आपूmखुसी, आपूm अनुकुलको ब्यक्तिको नाम राखि भेलाको माइन्यूट गरेर नगरपालिकामा बुझाए ।
वडा कार्यालयको सहभागिताविना गठन गरिएको उपभोक्ता समितिलाई नगरपालिकाले वैधानिकता दिन नमिल्ले भएपछि रामबाबु गिरी फार्म नै ठाउँसारी गर्ने चक्करमा लागे । र, उनले फार्म ठाउँसारी गराएर वडा नम्बर ९ को पुरानागाउँबाट वडा नम्बर ८ गाइखुरामा ल्याए । गाइखुरामा अहिले फार्म सञ्चालनको लागि खोर निर्माण भइरहेको छ ।

एउटाको जग्गामा सम्झौता अर्कोको जग्गामा खोर निर्माण

रामबाबु गिरीले बाख्रा फार्म सञ्चालनको लागि गाइखुराका कुमार पुरीको जग्गा भाडामा लिएर सम्झौता गरे । तर बाख्रा पालनको लागि निर्माण गरिएको खोर कुमार पुरीको जग्गामा नभई अन्तै निर्माण भइरहेको छ । कार्यक्रम सम्झौताको लागि मन्थली नगरपालिकामा पेश गरिएको जग्गा भाडा सम्झौतामा कुमार पुरीको गाइखुरामा रहेको जग्गा पेश गरिएको छ । तर जग्गा धनी कुमार पुरीले भने आपूmसँग जग्गा भाडामा लिएको कुरा थाहा नभएको बताए । थानापति बाख्रा पालन कृषक समूहको २०७६ साल माघ २८ गतेको आम भेलाले कुमार पुरीको जग्गा त्यसअघि ५ वर्षको लागि लिइएकोमा २८ गतेको भेलाले जग्गा भाडाको अवधि थप गरि १५ वर्ष पु¥याइएको निर्णयमा उल्लेख छ । जग्गा भाडामा दिएको कुरा जग्गा धनी आफैले जानकारी नभएको बताउनुले जग्गा भाडा सम्झौता समेत किर्ते बनाएको हुनसक्ने स्थानीयको आशंका छ ।

माइन्यूटमै किर्ते, एउटै ब्यक्ति दुई पदमा

योजना सम्झौताको लागि थानापति बाख्रा पालन कृषक समूहले मन्थली नगरपालिकामा पेश गरेको माइन्यूटमै किर्ते गरेको पाइएको छ । २०७६ साल माघ २८ गतेको आम भेलाको माइन्यूटमा एउटै ब्यक्ति दुई पदमा रहेको उल्लेख छ । भेलाको उपस्थितिमा चेली आरन उपाध्यक्ष पदामा छिन् भने सोही भेलाकै माइन्यूटमा उल्लेख गरिएको कार्यसमितिमा चेली आरनको पद कोषाध्यक्ष छ । सोही मितिको भेलामा कृषक समूहको कोषाध्यक्ष पदमा रञ्जीत गिरीको नाम रहेको छ भने सोही भेलाको माइन्यूटमा उल्लेख गरिएको कार्यसमितिमा उपाध्यक्ष पद उल्लेख नै गरिएको छैन । माघ २८ गतेको भेलाको माइन्यूटमा देखिएको यो तथ्यले योजना सम्झौताका लागि पेश गरिएका कागजपत्रहरु नक्कली बनाएको कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।


त्यतिमात्र हैन रामबाबु गिरीले उपभोक्ता समितिको अध्यक्षमा आफ्नै बुबा र कार्यसमिति सदस्यमा श्रीमतिलाई राखेका छन् । कुनै पनि उपभोक्ता समिति गठन गर्दा एउटा समितिमा एक घरको एक ब्यक्ति बाहेक अर्को ब्यक्ति बस्न नमिल्ने कार्यविधि रहेको छ । भाञ्छा छुट्टै भएकाले बुबालाई अध्यक्ष र श्रीमतिलाई सदस्य पदमा राखिएको रामबाबु गिरीको तर्क छ ।

नगरपालिकामा स्थानीयको उजुरी

बाख्राको खोर निर्माण भइरहेको गाइखुराको जग्गाका सँधियार तथा सोही जग्गासँग जोडिएको सामुदायिक बनलाई समेत थाहा नै नदिई एक्कासी बाख्राको खोर निर्माण गर्न थालेपछि स्थानीयले विरोध जनाएका छन् ।
गाइखुराका ४७ घर स्थानीयले नागरिकताको फोटोकपी सहित राखेर निर्माण भइरहेको बाख्राको खोर निर्माण कार्यलाई रोकि त्यस ठाउँबाट हटाउन माग गर्दै मन्थली नगरपालिकामा उजुरी समेत दिएका छन् । बाख्राको खोर निर्माण भइरहेको जग्गाको पूर्व दिशाका सँधियार ओमप्रकाश पुरीले आपूmलाई जानकारी नदिई, स्थानीयको मञ्जुरी बिनानै खोर निर्माण गरिएकोले त्यस ठाउँबाट खोर तत्काल हटाउनु पर्ने बताए ।
स्थानीयको मञ्जुरीविना जबर्जस्ती खोर निर्माण गरेको भन्दै त्यस ठाउँमा बाख्रा फार्म सञ्चालन गर्न नदिने पनि पुरीले बताए । सोही जग्गासँग जोडिएको देउराली पाखा सामुदायिक बन उपभोक्ता समितिलाई समेत कुनै जानकारी नदिएको बन उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर माझीले बताए ।
स्थानीय, सँधियार र बनको अनुमति विनानै बाख्राको खोर निर्माण गरिएपछि खोर निर्माण कार्यलाई रोक्न माग गर्दै ४७ जन स्थानीयको हस्ताक्षर र नागरिकताको फोटोकपी सहित मन्थली नगरपालिकामा उजुरी दिंदा पनि नगरपालिकाले समेत बेवास्ता गरेको स्थानीय अम्बिका माझीले बताए । यस विषयमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले नगरपालिकामा उजुरी आएको कुरा आपूmलाई जानकारी नभएको बताए ।

वडा नम्बर ८ को आम भेलामा वडा नम्बर ९ को सहभागिता

थानापति बाख्रा पालन कृषक समूह पुरानागाउँबाट ठाउँसारी गरेर गाइखुरामा  ल्याएपछि वडा नं. ८ का अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको भेलामा वडा नं. ९ पुरानागाउँका स्थानीयको उपस्थिति रहेको पाइएको छ ।
सम्बन्धित वडाको स्थानीयको आम भेला गराई उपभोक्ता समिति गठन गर्नुपर्नेमा वडा नं. ८ को अध्यक्षको उपस्थितिमा वडा नं. ९ को स्थानीयलाई सहभागि गराइएको हो । वडा नं. ८ ले आयोजना गरेको आम भेलामा वडा अध्यक्ष बाहेक सम्बन्धित वडाको एकजना ब्यक्ति पनि सहभागि छैनन् ।


वडा अध्यक्षसँग गाइखुराका स्थानीयले चासो राख्दा कागजातको आधारमा आपूmले सिफारिस दिएको बताएको गाइखुराका स्थानीय बालकृष्ण माझीले बताए । वडा नं. ८ मा बाख्रा फार्म सञ्चालन गर्न वडा नं. ९ को मानिसको आम भेला बोलाएर उपभोक्ता समिति गठन गर्नुले वडा नं. ८ का अध्यक्षको नियतमाथि समेत प्रश्न उठेको स्थानीयको भनाई छ ।
यस विषयमा बुझ्दा वडा नं. ८ का अध्यक्ष राजकुमार श्रेष्ठले भेलाको माइन्यूट रामबाबु गिरीले नै तयार गरेर ल्याएको र आपूmले हस्ताक्षर मात्रै गरेको भनि गैरजिम्मेवार प्रतिक्रिया दिए । आम भेला बोलाउनु पर्नेमा रामबाबु गिरीले आपूm अनुकूलका मानिसहरुको नाम राखेर भेलाको माइन्यूट गरेको बुझिएको छ ।

Share this

प्रतिकृया

Add

Comments are closed.

2 COMMENTS
  • प्रकाश

    खाए खाए मिलिजुली राम्रै खाए! मैले बुजेसम्म आज सम्म वास्तविक कृषिक हरु लाई अहिले सम्म अनुदान पाएको थाहा छैन,कागज बोल्ने भएर होला,जस्ले कागजपत्रमा मात्र यस्ता फर्महरु खडा गरेर प्रक्रिया पुर्याउने र करोडौं अनुदान झ्वाम पार्ने गर्छ्न,वास्तविक कृषिक लाई अनुदान लिने भन्ने सम्म थाहा हुन्न,फलस्वरूप गोठलो हुने त होनि!!
    गिरि ले अनुदान फिरिमा पचौउने सोचेछन!

  • तामाङ छबिन

    निकै दादागिरी नै गरेको रहेछ नि!