विवाह वार्षिकोत्सवको अवसरमा डिएसपी दम्पतीले खुवाए सडक मजदुरलाई खाना

 सोमवार, जेष्ठ २६, २०७७ | onlinenews
Share this

२६ जेठ, काठमाडौं– सेवानिवृत्त प्रहरी नायव उपरीक्षक नयन सिंह गुरुङको दम्पतीले आफ्ना विवाह वार्षिकोत्सवको अवसरमा सडक मजदुरलाई खाना खुवाएका छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर लगायतका विभिन्न सडक पेटी, पुलको साहरा लिएर बसेका तथा खुल्ला आकाशमुनी रातदिन काट्दै आएका २ यस १ जना सडक मजदुरलाई डिएसपी गुरुङ दम्पतीले सोमबार खाना खुवाएका छन् ।
गत चैत्र २९ गतेदेखि ती सडक मजदुरहरुलाई दैनिक एकछाक खाना खुवाउँदै आएका रामेछापका प्रदिप घिमिरे मार्फत डिएसपी गुरुङको दम्पतीले सोमबारको लागि २ सय १ जना मजदुरलाई खाना खुवाउन लाग्ने सम्पूर्ण खर्च सहयोग गरेका हुन् ।
यसअघि पनि डिएसपी गुरुङले सडक मजदुरलाई खाना खुवाउन तथा राहत प्रदानको लागि सहयोग गर्दै आएको प्रदिप घिमिरेले बताए । पहिला पनि नयन सिंह गुरुङ सरले सहयोग गर्दै आउनु भएको थियो र विवाह वार्षिकोत्सवको अवसरमा उहाँले  फोन गरेर बोलाएर नै सहयोग प्रदान गर्नुभएको हो, घिमिरेले भने ।
आफ्नो विवाह वार्षिकोत्सवको अवसरमा सडक मजदुरलाई खाना खुवाउन सहयोग गरि कोरानाभाइसरको कारण मजदुरी खोसिएर भोकै पर्नुभएका मजदुरहरुलाई खाना खुवाउने हाम्रो अभियानमा सहयोग गर्नुभएको छ, म उहाँको दम्पतीप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु प्रदिपले भने ।

सहयोग गर्न चाहनेहरुका लागि
प्रदिप घिमिरे
सम्पर्कः ९८४११४१४६८
फेसबुक: https://www.facebook.com/amulya.ghimire
इमेलः [email protected]

Share this

प्रतिकृया

Add