सहयाेगी हातहरू थपिदै, इलामका अध्यापकले पनि २०१ मजदुरलाई खाना खुवाए

 शुक्रबार, जेष्ठ ३०, २०७७ | onlinenews
Share this

३० जेठ, काठमाडौं– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनसँगै रोजगारी गुम्न पुगि सडकको बास भएका मजदुरहरुलाई खाना खुवाउने प्रदिप घिमिरेको अभियानमा सहयोगिहरु थपिदै आएका छन् ।
यसैक्रममा शुक्रबार इलामा जिल्ला रोङ्ग गाउँपालिका–३ मार्सेका अध्यापक डिपी कट्टेल, कट्टेलकी श्रीमति गीता पाठक कट्टेल र उनका छोरा युनिस कट्टेलको तर्फबाट २ सय १ जनालाई खाना खुवाएका छन् ।
विगत ९ वर्षदेखि करफोक माध्यामिक विद्यालय तथा बहुमुखि क्याम्पसमा कार्यरत एकाउन्ट विषयका शिक्षक कट्टेलका परिवारले शुक्रबारको खाना खुवाएका हुन् ।
गत चैत्र २९ गतेदेखि ती सडक मजदुरहरुलाई दैनिक एकछाक खाना खुवाउँदै आएका रामेछापका प्रदिप घिमिरे मार्फत कट्टेलका परिवारले २ सय १ मजदुरलाई खाना खुवाउन लाग्ने सम्पूर्ण खर्च सहयोग गरेका हुन् ।
सडक मजदुरलाई खाना खुवाउन सहयोग गरि कोरानाभाइसरको कारण मजदुरी खोसिएर भोकै पर्नुभएका मजदुरहरुलाई खाना खुवाउने अभियानमा सहयोग गरेकामा कट्टेल परिवारप्रति युवा समाजसेवि घिमिरले हार्दिक कृतज्ञता प्रकट गरे ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै रोजगारी गुमेपछि सडक पेटी, मठमन्दीर तथा पुलको साहरा लिएर बसेका सडक मजदुरहरूको लागि २०७६ साल चैत्र १६ देखि राहत र २०७६ साल चैत्र २९ गतेदेखि दैनिक खाना खुवाउदै आएका रामेछापको मन्थली नगरपालिका–४ सालुका प्रदिप घिमिरे नेतृत्वको टोलीले राहत वितरण गरेको ७६ दिन तथा खाना खुवाएको ६३ दिन भइसकेको छ

सहयोग गर्न चाहनेहरुका लागि
प्रदिप घिमिरे
सम्पर्कः ९८४११४१४६८
फेसबुक: https://www.facebook.com/amulya.ghimire
इमेलः [email protected]

Share this

प्रतिकृया

Add