रामेछापमा ४ सय २९ जनाको स्वाव परीक्षण गरिएकोमा २३ जनाको पोजेटिभ

 मङ्लबार, असार १६, २०७७ | onlinenews
Share this

१६ असार, रामेछाप– नेपालमा लकडाउन सुरु भएयता रामेछाप जिल्लामा ४ सय २९ जनाको स्वाव परीक्षण गरिएको छ । जिल्लाभरी ४ सय २९ जनाको स्वाव परीक्षण गरिएकोमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्ला अस्पताल रामेछापमा २२ जना, मन्थली नगरपालिकामा ७२ जना, रामेछाप नगरपालिकामा ५८ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाँडादेवि गाउँपालिकामा ३३ जना, गोकुलगंगामा १ सय ८ जना, दोरम्बा गाउँपालिकामा १२ जना, लिखु तामाकाेशी गाउँपालिकामा ८५ जना र सुनापति गाउँपालिकामा ७ जनाको स्वाव परीक्षण गरिएको थियो । हाल जिल्ला अस्पतालमा ७ जना र लिखु तामाकोसी गाउँपालिकामा ३ जना गरि आइसोलेसनमा १० जना रहेका छन् ।
जिल्ला अस्पताल रामेछापमा १८, तामाकोसी अस्पतालमा १४, रामेछाप सामुदायिक अस्पतालमा ४, मन्थली नगरपालिका ४, रामेछाप नगरपालिका ३, खाँडादेवि गाउँपालिका ११, गोकुलगंगा गाउँपालिका ५, दोरम्बा ७, लिखु तामाकोसी गाउँपालिकामा ६ गरि जिल्लाभरीमा आइसोलेसन बेडको संख्या ७५ रहेका छन् ।
जिल्लाभरी क्वारेन्टाइन बेड संख्या ५ सय ९ रहेका छन् भने १ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी जिल्लाभरी १ सय ७९ जना महिला र ६ सय ८८ जना पुरुष गरि ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

 

Share this

प्रतिकृया

Add