पहिरोको कारण इलाममा अधिकांश ग्रामिण सडक अबरुद्ध

 आइतवार, असार २८, २०७७ | onlinenews
Share this

२८ असार, इलाम– चार दिनदेखि परेको अविरल वर्षाको कारण इलाम जिल्लामा अधिकांश ग्रामिण सडकहरु अबरुद्ध भएका छन् । शनिबार राति गएको पहिरोले रोङ गाउँपालिका–१ स्थित तीनघरे, शान्तिपुर, बिर्तामोड सडक अवरुद्ध भएका छन् ।
मुख्य सडकको जर्दनौं स्थानमा पहिरोले अवरुद्ध गरेको छ । त्यस्तै पहिरोले बिजुलीको पोल बगाउँदा विद्युतीय सेवा समेत अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएको कारण विरामी परेका स्थानीयलाई अस्पतालसम्म लैजान सक्ने अवस्था समेत नरहेको रोङ गाउँपालिका–१ का अध्यक्ष बुद्धबहादुर ढकालले बताए ।

Share this

प्रतिकृया

Add