नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
३० असार, काठमाडौं– कोरियन भाषा पास गरेर पनि कोरिया जान नपाएकाहरुले कोरिया जान पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।
कोरिया जानको लागि सम्पूर्ण प्रक्रिया पूरा भएको तर कोरोना संक्रमणको कारण उडान बन्द भएर रोजगारिको लागि दक्षिण कोरिया जान नपाएपछि इपीएस पीडितहरुले प्रदर्शन गरेका हुन् ।
आन्दोलनमा सहभागि भएकाहरु ‘कि रोजगारी दे, कि कोरिया जान दे’ कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शमा उत्रिएका थिए ।
सरकारले छिटोभन्दा छिटो कोरिया नपठाएमा तीन हजार भन्दा बढीको रोजगारी गुम्ने अवस्था रहेको भन्दै भाषा परीक्षा पास गरि सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा बसेका युवाहरु दक्षिण कोरियाको रोजगारीमा जान पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
कोरियाको रोजगारीमा जाने वातावरण बनाउन पहल गर्नको लागि सरकारलाई दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको भन्दै यो आन्दोलनलाई सरकारले बेवास्ता गरेमा कोरिया जानको लागि तयार भएर बसेका ४ हजार ५ पाँच युवाहरु आन्दोलनमा उत्रिण बाध्य हुने दक्षिण कोरियाको लागि उडानको पर्खाइमा बसेका निराजन ढुङ्गेलले बताए ।