गोकुलगंगा गाउँपालिकाका ३ सय विपन्न परिवारलाई खाद्यन्न सहयोग

 बिहिबार, साउन १, २०७७ | onlinenews
Share this

१ साउन, रामेछाप– गोकुलगंगा गाउँपालिकाका ३ सय विपन्न घर परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । विश्व खाद्य सहयोग (World Food Aid) को आर्थिक सहयोगमा स्लामिक रिलिफ नेपाल (IRN) को समन्वयमा सामुदायिक विकास समाज (CDS) मन्थली रामेछापले गोकुलगंगा गाउँपालिकाका ४ वटा वडाका ३ सय घर परिवारलाई खाद्यन्न सहयोग गरेको गरेको हो ।
गाँउपालिकामा रहेका ६ वटा वडाहरु मध्ये ४ वटा वडाहरुसँगको समन्वयमा वडाद्धारा पहिचान गरिएका विपन्न घरधुरीहरु मध्ये पुनः सर्वेक्षण गरि लक्षित घरधुरी छनौट गरिएको परिवारलाई खाद्यन्न सहयोग गरिएको हो ।


चुचुरेमा ६५ घर परिवार, ठोसेमा ७० घर परिवार, रस्नालुमा ९० घर परिवार र नामाडीमा ७५ घर परिवारलाई २५ केजीको १ बोरा चामल, २ लिटर तेल, ३ किलो दाल, २ किलो चिनी, २ प्याकेट आयो नून र ४ वटा लाइफब्वाइ सावुन उपलव्ध गराइएको सामुदायि विकास समाज मन्थली, रामेछापका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिए ।
कोभिड–१९ का कारण न्यून आय आम्दानी भएका, बृद्धाबृद्धा, एकल महिला, अपंङ्गतालगायत विपन्न परिवारलाई लक्षित गरि थोरै भए पनि सहयोग गर्न पाएकोमा कार्यक्रम संयोजक भोला पाठकले खुसी ब्यक्त गरे ।
“वर्खाको सिजनमा त्यसैपनि अन्नको कमी हुने र बेसाएर खानुपर्ने अवस्थमा खाद्यन्न सहयोग गर्दा स्थानीयलाई ठूलो सहयोग मिलेको गाउँपालिकाको भनाई छ ।
यस वर्ष कोभिड–१९ का कारण रोजगारी गुमाएर शहरबाट गाँउ फर्कनु परेको कारण घरभरि मानिस हुदाँ खाद्यन्नको अभाव भएको अवस्थामा सामुदायिक विकास समाजले खाद्यन्न सहयोग गरेकोमा गाउँपालिकाले समेत खुसी ब्यक्त गरेको छ ।

Share this

प्रतिकृया

Add