गुनासोको सुनुवाई नभएपछि प्राधिकरण विरुद्ध उजुरी

 बुधबार, साउन १४, २०७७ | onlinenews
Share this

१४ साउन, रामेछाप— पटक–पटक गुनासो भर्दा पनि भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माण लाभग्राहीको सूचीमा नपरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय विरुद्ध पुनरावलोकनका लागि उजुरी दर्ता गराउनेहरुको भिड लागेको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रामेछापको कार्यालयमा उजुरी दर्ता गर्नेहरुको भिड लागेको हो । दुई तीन पटकसम्म गुनासो दर्ता गराउदा पनि गुनासोको सुनुवाई नभएको भन्दै प्राधिकरणको निर्णय विरुद्ध उजुरी हालेका हुन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार) रामेछापका प्रमुख गणेश अर्यालका अनुसार सोमबार राति साढे ९ बजेसम्म उजुरी दर्ता भएको र मंगलबार समेत उजुदी दर्ता गराउनेको उत्तिकै भीड लागेको थियो । उजुरी दर्ताको समयसीमा साउन १५ गतेसम्म तोकिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार रामेछापमा मात्र प्राधिकरणको निर्णयमा पुनरावलोकनको माग गर्दै १ हजार ५ सय भन्दा बढीले उजुरी दिइसकेका छन् । भूकम्पले बस्ने घर भत्काएको तर प्राधिकरणले लाभग्राही सूचीमा समावेश नगरेका कारण समस्यामा परेकाहरुलाई प्राधिकरणको निर्णय चित्त नबुझे निर्णय पुनरावलोकन गर्न उजुरी हाल्न सकिने प्रावधान छ ।

Share this

प्रतिकृया

Add