मास्क नलगाई हिड्नेलाई एक सय रुपैयाँ जरिवाना, मन्थलीमा बिहीबार ६८ जना कारबाहीमा

 शुक्रबार, साउन १६, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


१६ साउन, रामेछाप– विश्वभरी महामारिको रुपमा पैmलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय रामेछापले आम नागरिकलाई पूर्व जानकारी दिएर सञ्चालन गरेको अनिवार्य मास्कको प्रयोग गराउने अभियानको उल्लंघन गर्नेलाई प्रहरीले एक सय रुपैयाँ जरिवाना गरेको छ ।
बिहीबार सदरमुकाम मन्थलीमा मास्क नलगाई हिड्ने ६८ जनालाई जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए । साथै बृद्धबृद्धा, आपङ्गता भएका र पैसा नभएकाहरुलाई प्रहरीले निःशूल्क मास्क दिएको पनि पाण्डेले बताए ।
बुधबार जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापले संयुक्त रुपमा सचेना ¥याली निकाल्नुका साथै सडकमा मास्क नलाई हिडेका यात्री तथा यात्रुहरुलाई मास्क अनिवार्य लगाउन अनुरोध गरेको थियो ।
बुधबार आयोजना गरिएको सचेतना कार्यक्रमको क्रममा मास्क नलगाई हिडेका यात्री तथा यात्रुहरुलाई मास्क वितरण गर्नुका साथै बिहीबारदेखि सडकमा निस्कदा मास्क अनिवार्य लगाउन पनि सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालय रामेछापले अनुरोध गरेको थियो ।
मास्क नलगाई सडकमा निस्कनेलाई कानून अनुसारको कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी गराएको थियो । जिल्ला प्रशासन कार्यालयले पूर्वजानकारी गराएर सञ्चालन गरेको मास्क अनिवार्य प्रयोग गराउने अभियानको उल्लंघन गर्नेलाई शुक्रबारबाट प्रहरीले जरिवाना गर्न सुरु गरेको हो ।
मास्क अनिवार्य प्रयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको निर्देशनको उल्लंघन गर्दै मास्क नलगाई हिड्न पैदल यात्री तथा यात्रुहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रहरीले जरिवाना गर्न सुरु गरेपछि सदरमुकाममा ९९ प्रतिशत मानिसले मास्कको प्रयोग गर्न थालेको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।

Share this

प्रतिकृया

Add