मेलुङ गाउँपालिका–१ का निलप्रसाद आचार्य साउन १५ गतेदेखि बेपत्ता

 शनिबार, साउन १७, २०७७ | onlinenews
Share this

१७ साउन, दोलखा– मेलुङ गाउँपालिका–१ आचार्य टोलका निलप्रसाद आचार्य साउन १५ गतेदेखि हराइरहेका छन् । कहाँ जाने भन्ने कुरा परिवारलाई जानकारी नदिई साउन १५ गते बिहान उनी घरबाट निस्किएका थिए । आचार्यको खोजी कार्य भइरहे पनि पत्ता नलागेको पारिवारिक श्रोतले जनाएको छ ।
पारिवारिक श्रोतका अनुसार बेपत्ता आचार्यले बोक्ने मोवाइल, घरको ढोकाको चावि र केही नगद पैसा समेत उनी सुत्ने ओच्छ्यानको सिरानीमुन भेटिएको छ ।
खोजी गर्ने क्रममा स्थानीय भ्याकुरे मन्दीरबाट दक्षिण पूर्व घ्याङखोलाको किनारमा ढुङ्गामाथि उनले लगाएको कपडा फेला परेको श्रोतले जनाएको छ । ढुङ्गामा राखिएको अवस्थाका कपडा फेला परेपनि मानिसको भने पत्तो नलागेको श्रोतको भनाई छ । उनको खोजी कार्य भने भइरहेको पारिवारिक श्रोतले बताएको छ ।

Share this

प्रतिकृया

Add