कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरि मनाइयो युवा दिवस

 बिहिबार, साउन २९, २०७७ | onlinenews
Share this

रामेछाप– सुनापति गाउँपालिका वडा नं. २ र ५ मा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । “विश्व अभियानका लागि युवा सहभागिता, रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता” भन्ने मूल नाराका साथ युवा दिवस मनाइएको हो ।
साउन २७ र २८ गते सम्पन्न कार्यक्रममा स्थानीय युवा सञ्जालको आयोजना तथा वडा कार्यालय र सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको समन्वयमा कार्यक्रम गरिएकोे हो ।
सुनापति गाउँपालिका–५ खनियापानीमा दीपज्योती युवा सञ्जालको आयोजनामा वृक्षरोपण, सरसफाई कार्यक्रम तथा हाल जारी गरिएको नेपालको नक्सा चित्रकला प्रतियोगिता गरि मनाइएको हो । कार्यक्रममा जनचेतनामूलक गीत, नृत्य पनि प्रस्तुत प्रस्तुत गरिएको थियो ।
चित्रकला प्रतियोगितामा सुशिला राणा मगर प्रथम, विपना रानामगर द्वितीय, रसीला खड्का तृतीय र प्रेम श्रेष्ठ सान्त्वना भएका थिए । १४ जना चित्रकार युवाहरुको सहभागिता रहेकोमा विजयी हुनेहरुलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको दीपज्योति युवा संजालका अध्यक्ष रामकृष्ण खड्काले बताए ।


कार्यक्रममा महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाका संयोजक तिलक कार्कीले अन्तर्राष्ट्रिय युवा दिवसको पृष्ठभूमी, महत्व तथा समसामहिक विषयमा चर्चा गरेका थिए । वडा सदस्य चित्रबहादुर मानन्धर र प्रेमसागर थापाले युवाहरुले वडाको समग्र विकासमा साझेदारी तथा अभियानहरुमा सहभागि र विकास निर्माणमा खवरदारीका लागि अनुरोध गरेका थिए । प्रमुख अतिथि वडा अध्यक्ष ठुलोकान्छा तामाङले युवा वातावरण संरक्षण, उचित शिक्षा, सीप क्षमता विकासका अतिरिक्त रोजगारी सृजनामा लाग्न अनुरोध गर्दै यसका लागि वडा तथा गाउँपालिकाले पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी सुनापति गाउँपालिका वडा नं. २ दिमीपोखरीमा कोराना सम्वन्धि चेतनामूलक लोक दोहोरी गीत प्रतियोगिता, सडक नाटक, प्रवचन जस्ता कार्यक्रम गरी मनाइएको थियो । लोक दोहोरी गीत प्रतियोगितामा प्रथम कोपिला समूह प्रथम, द्वितीय समाज कल्याण समूह, तृतीयमा सूर्योदय समूह भएका थिए ।


चाप्सोराका युवाहरुले कोरोना भाइरस कसरी सर्छ, जोगिने उपायहरु, विदेशबाट आएकालाई गर्नुपर्ने व्यवहार, बच्न र बचाउन युवाले खेल्नु पर्ने भूमिका सम्वन्धि सडक नाटन प्रस्तुत गरेका थिए । कार्यक्रममा युवा दिवशको महत्व, स्थानीय तहमा युवाले खेल्नु पर्ने भूमिका, कर्तव्य र अधिकारका बारेमा परियोजनाका संयोजक तिलक कार्कीले प्रष्ट पारेका थिए ।
कृष्णवर्णेश्वर माविका प्रधानाध्यापक ङेमा लामाले युवाहरुले गर्नु पर्ने कामको चर्चा गरेका थिए । प्रमुख अतिथि २ नंं वडाका वडाध्यक्ष कमल कुमार केसीले युवाहरुको रचनात्मक कृयाकलाप, प्रतिभाको प्रसंसा गर्दै उचित सम्वोधन गर्ने विचार व्यक्त गरेका थिए । युवा संजाललाई अझ प्रभावकारी बनाउनका लागि सुझाव दिदै यस्ता कार्यक्रमले युवाहरुको ज्ञान, सीप, क्षमताका साथै आफ्नो दिवस प्रति सचेत हुन आग्रह गरेका थिए । युवाहरुको प्रस्ताव पत्रलाई उचित सम्वोधन गर्न वडा कार्यालय प्रतिवद्ध रहेको बताए । कार्यक्रम संजालका अध्यक्ष कविन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कोरोना संक्रमणको अवस्थामा पनि सर्तकता अपनाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा अनिवार्य रुपमा तापक्रम परीक्षण गरी सेनिटाइजर र माक्सको अनिवार्य प्रयोग तथा भौतिक दूरी कायम गरी कार्यक्रम गरिएको संस्थागत विकास सहजकर्ता मोहन कुमार सुनुवारले बताए । नेपालमा सन् २००४ देखि विभिन्न सचेतनामूलक, मनोरञ्जनात्मक गरी मनाइदै आइरहेको छ ।

Share this

प्रतिकृया

Add