सप्तरी नरसंहारका लागि सरकारले जिम्मेवारी लिनुपर्छ ः डा. भट्टराई

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

काठमाडौं  । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सप्तरी घटनाको सरकारले लिनुपर्ने बताएका छन् । डा. भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी एमालेको अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको बताएका छन् । उनले संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको आरोप लगाएका छन् । दलीय उत्तेजना, एमालेको अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको नयाँ शक्तिको निष्कर्ष रहेको छ । डा. भट्टराईले मधेशकेन्द्रिय दलहरुलाई पनि सम्वादमार्फत समाधान खोज्न आहृवान गरेका छन् ।

प्रतिकृया

Add