कालोबजारी गर्ने मल बिक्री केन्द्र सिल

 मङ्लबार, भदौ २, २०७७ | onlinenews
Share this

२ भदौं, रामेछाप– सदरमुकाम मन्थलीमा मलमा कालोबजारी गर्ने बिक्री केन्द्रलाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ । ८ सय ४७ रुपैयाँ पर्ने यूरिया मल १ हजार ८ सय रुपैयाँमा बिक्री गरेको पाइएपछि कृषक जागरण कृषि सहकारी संस्था लि.द्धारा सञ्चलीत कृषि सामग्री बिक्री केन्द्र मन्थली सिल गरिएको हो ।
कृषि सामग्री केन्द्र लिमिटेडको आधिकारिक बिक्रेता समेत रहेको बिक्री केन्द्रमा जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गर्नुका साथै बिक्री केन्द्र सञ्चालक पदमबहादुर लामालाई समेत प्रहरीयले नियन्त्रणमा लिएको छ ।
बिक्रेता लामाले आपूmले बढी मूल्य लिएर मल बिक्री गरेको स्वीकार गरे पनि ग्राहकसँग लिएको बढी पैसा फिर्ता नगर्ने बरु आपूm जेल जान तयार रहेको प्रतिक्रिया दिए । आपूm जानीजानी नभई अनजानमा गल्ती भएको लामाको भनाई छ । तर, कृषकसँग लिएको बढी रकम फिर्ता नदि नसक्ने उनले बताए । लामाले मंगलबार ८ सय ४७ रुपैयाँ पर्ने १ सय ५० बोरा यूरिया मल १ हजार ८ सय रुपैयाँ बिक्री गरेका थिए । लामाले प्रतिबोरामा ९ सय ५३ रुपैयाँ नाफा खाएर मल बिक्री गरेका थिए ।
लामाले ग्राहकलाई झुक्याएर यमोनियम सल्फेड मल भनि यूरिया मल बिक्री गरेको पाइएको छ । अस्वभाविक मूल्य लिएर मल बिक्री गर्ने लामालाई कालोबजारी ऐन अन्तर्गत कारबाही हुने जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add