पार्वती कडरिया (सुवेदी)को नेतृत्वमा रामेछापमा सोसनको शाखा गठन

 शुक्रबार, भदौ ५, २०७७ | onlinenews
Share this

रामेछाप– पार्वती कडरिया (सुवेदी) को नेतृत्वमा सामाजिक शिक्षकहरुको छाता संगठन सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) को जिल्ला शाखा रामेछाप गठन भएको छ ।
२०७५ सालमा स्थापना भएको सोसन नेपालको २१ औं शाखाको रुपमा रामेछाप जिल्ला शाखा गठन भएको हो । रामेछाप नगरपालिका–८ मा रहेको सारदा साँस्कृति माध्यमिक विद्यालयको शिक्षक पार्वती कडरिया (सुवेदी) अध्यक्ष रहेको जिल्ला कार्यसमितिका सदस्यहरुमा उपाध्यक्ष– दिवाकर खड्का (तामाकोसी जनजागृति माध्यमिक विद्यालय खिम्ती), सचिव–सुवित्रा खड्का (मन्थली नगरपालिका), कोषाध्यक्ष–टंकराज सुवेदी (मन्थली नगरपालिका) रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा अप्सरा खड्का (उमाकुण्ड गाउँपालका), महेशराज सुवेदी (खाँडादेवि गाउँपालिका), विदुर राम (सुनापति गाउँपालिका), श्याम कार्की (रामेछाप नगरपालिका) र केशव तिमल्सिना (मन्थली नगरपालिका) रहेका छन् । जिल्लाका ८ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरि ९ सदस्य र ४ आमन्त्रित सदस्य गरि १३ सदस्य जिल्ला कार्य समिति गठन गरिएको हो ।
सोसनको २१ वटा जिल्ला शाखाहरु मध्य महिना नेतृत्व रहेको रामेछाप तेश्रो शाखा हो । यसअघि स्याङ्जा र कञ्चनपुरमा महिलाको नेतृत्वमा जिल्ला शाखा गठन गरिएको थियो । भर्चुअल माध्यमबाट गरिएको भेलाले जिल्ला कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको नामावली तय गरेको थियो भने प्रतिनिधिमूलक सदस्यहरुको सहभागितामा घोषणा सभा गरिएको थियो । सोसनको केन्द्रीय अध्यक्ष महेन्द्र विष्टको प्रमुख आतिथ्यतामा भएको घोषणा सभामा केन्द्रीय महासचिव ज्ञानु अधिकारी लगायका अतिथिहरुको सहभागिता रहेको थियो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले जारी गरेको लकडाउनको सदुपयोग गर्दै भर्चुअल भेलाको माध्ययद्धारा सोसनले जिल्ला शाखा विस्तार तथा तालिमलाई तीव्र बनाइरहेको छ ।
जिल्ला शाखा रामेछापको घोषण सभापछि परिचयात्मक तथा शुभकामना आदनप्रदान कार्यक्रम समेत गरिएको सोसन रामेछापकी अध्यक्ष पार्वती कडरिया (सुवेदी)ले जानकारी दिइन । सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) ले देशभरीका सामाजिक विषयका शिक्षकहरुलाई एकैठाउँमा भेला हुने अवसर दिएको र यसबाट अध्यक्ष अध्यापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष कडरियाले बताइन ।
सामाजिक शिक्षालाई प्रभावकारी बनाई शैक्षिक सुधारका लागि सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र (सोसन) गठन गरिएको उनको भनाई छ । सामाजिक विषयमा १४ वटा फरक फरक क्षेत्रहरु रहेको र एकजना ब्यक्ति ती सबै क्षेत्रहरुका जानकार हुन नसक्ने भएकाले जसको लागि सोसनले तालिमको मध्ययमबाट सहजीकरण गर्ने कडरियाले बताइन ।
सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालले तालिम समेत सञ्चालन गरिरहेको छ । विभिन्न चरणमा गरि १ सय ५१ दिन तालिम सञ्चालन गर्ने सोसनको उद्देश्य अनुसार पहिलो चरणको तालिम सम्पन्न भइसकेको कडरियाले बताइन । पहिलो चरणको तालिम २२ दिन सञ्चालन गरिएको थियो । र, अहिले दोश्रो चरणको तालिम सञ्चालन भइरहेको पनि कडरियाले जानकारी दिइन । तालिमको आयोजना सम्बन्धित जिल्ला शाखाहरुले आयोजना गर्ने ब्यवस्था मिलाइएको छ ।

Share this

प्रतिकृया

Add