मन्थलीमा कुकुर आतंकः कुकुरको टोकाइबाट एकैदिन ११ जना घाइते

 शनिबार, भदौ १३, २०७७ | onlinenews
Share this

१३ भदौ, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा बहुला कुकुरले आतंक सिर्जना गरेको छ । पछिल्लो समय कुकुरले टोकेका विरामीको संख्या बढिरहेको बेला शनिबार एकैदिन ११ जनालाई कुकुरले टोकेर घाइते बनाएको छ ।
मन्थली नगरपालिका–१ निवासी कविता नेपालीको कुकुरको टोकाइबाट नाक र मुखमा गम्भीर चोट लागेको छ भने अन्य १० जनालाई कसैलाई हातमा र कसैलाई गोडामा टोकेर घाइते बनाएको छ । भदौ महिनामा मात्रै २७ जना कुकुरको टोकाइबाट घाइते भएर उपचारको लागि आएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डाक्टर टेकनारायण श्रेष्ठले बताए ।


गएको साउन महिनामा ४९ जना कुकुरले कोटेका विरामी उपचारका लागि आएको पनि डाक्टर श्रेष्ठले जानकारी दिए । शनिबार कुकुरको टोकाइबाट घाइते भएका सबै जनालाई काठमाडौं पठाइएको प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ ।
कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई घाउ सफा गरेर पहिलो पटक लगाउनुपर्ने भ्याक्सीन लगाएर काठमाडौं पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ । कुकुरको टोकाइबाट घाइते भएका तेश्रो क्याटाकोरीका विरामीलाई लगाइने एन्टी रेबीज तेराम भ्यासक्सीनको लागि टेकु नै पुग्नु पर्ने भएकाले काठमाडौं पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जानकारी दिएको छ ।
कुकुरले टोकेका पहिलो र दोश्रो क्याटाकोरीका विरामीलाई लगाइने एन्टी रेबीज भ्याक्सीन प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध भएपनि तेश्रो क्याटाकोरीका विरामीलाई लगाउनुपर्ने एन्टी रेबीज तेराम भ्याक्सीनको लागि काठमाडौंको टेकु नै पुग्नु पर्ने प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीको भनाई छ । तेश्रो क्याटाकोरीका विरामीलाई लगाउनुपर्ने भ्याक्सीन प्राथमिक स्वास्थ्य केन्द्रमा राख्न सम्भव नहुने पनि डा. श्रेष्ठले बताए । कुकुरको टोकाइबाट शरीरको मासु नै निस्किएका विरामीलाई तेश्रो क्याटाकोरी मानिन्छ ।

Share this

प्रतिकृया

Add