अख्तियारबाट जोगिन रातारात हर्कत गरेको स्थानीयले थाहा पाएपछि प्रहरीको नियन्त्रणमा

 शनिबार, अशोज ३, २०७७ | onlinenews
Share this

३ असोज, रामेछाप– गाउँमा आएका हरेक विकास निर्माणका आयोजना आपूmले ल्याएको भन्दै भ्रम छर्ने, सोझासिधा ब्यक्तिलाई उपभोक्ता समितिमा राख्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने, चेक लिएर जाने र भूक्तानी लिने । उपभोक्ता समितिमा बसेकाहरुलाई दुई चार हजार दिने अनि कर्मचारीसँग मिलेर कामै नगरी विकासे आयोजनामा आएको बजेट झ्वाम पार्ने । न स्टिमेट अनुसारको काम गर्ने न काम गरेका मजदुरलाई पारिश्रमिक दिने । बर्षाैदेखि रामेछापको गोकुलगंगा गाउँपालिका, २ ठोसेका स्थानीय महेशलाल प्रधानले हरेक विकासे आयोजनामा यसैगरी भ्रष्टाचार गर्दै आए । कामै नगरी ८ लाखको खाने पानी आयोजनमा पानी ट्याङ्की समेत नबनाई एउटा धारमा पानी झरेको फोटो देखाएर भुक्तानी पनि लिए । अख्तियारमा उजुरी प¥यो । पुनः खानेपानी बनाउँने बाचा गरे स्थानीयसँग माफी मागे । स्थानीयले छुट दिए । तर उनको बदमासीले हद नाग्दै गयो । एक वर्ष अघि ६ वटा खानेपानी योजनामा स्टिमेट अनुसार कामै नगरी भुक्तानी लिएपछि स्थानीय र मजदुरले अख्तियार र जिल्ला प्रशानमा उजुरी दिए । त्यही कारबाहीबाट बच्न मध्यरातमा काम गर्न खोज्दा केही दिन अघि उनी स्थानीको नियन्त्रणमा परे । स्टिमेट अनुसार कामै नगरी भुक्तानी लिएका एक करोड बहत्तर लाखको ठोसे खानेपानी योजनामा अख्तियारको छानविनबाट बच्न मध्य रातमा काम गर्न खोज्दा उनलाई स्थानीय र प्रहरीले नियन्त्रणम लिएको हो ।
स्थानीको अवरोधबाट बच्न मध्य रातमा ठोसे खानेपानी योजनाको ट्याङ्कीमा तारबार गर्न फलामे याङ्गल लाने क्रममा स्थानीय थाहा पाएपछि प्रहरीलाई उजुरी गरे, स्थानीयको उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । अख्तियारको टोली आउने भएपछि प्रदेश खानेपानी कार्यालय रामेछापका इन्जिनियर नवराज सत्यालले प्रधानलाई ठोसे खानेपानी आयोजनामा स्टिमेट अनुसार कामै नगरी भुक्तानी लिएकाले छानविन टोली आउँदा देखाउनकै लागि भए पनि रातारात फलामे तरबार गर्न भनेको थिए ।


खानेपानी आयोजनको आर्थिक अनियमिततामा महेशलालसँग मुछिएका इन्जिनियर सत्यालले केही नेता र केही ब्यक्तिलाई मार्फत स्थानीय उजुरी कर्तालाई फोन गरेर उजुरी परेको आयोजनामा केही लाख बढी भुक्तानी दिएकाले छानविन टोली आउनु अघि नै काम सक्छौ, त्यति भएपछि हामीलाई सहज हुन्छ । स्थानीले अवरोध नगरी दिनु प¥यो भन्दै फोन गर्न लगाएका थिए । तर स्थानीयले ३ वर्षसम्म खानेपानी आयोजना अलपत्र बनाएर स्थानीयको अबरोधबाट बच्न मध्य रातमा अनियमितताको आरोपी प्रधानले केही मजदुरलाई लगाएर फलामे याङ्गल लिएर जाँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । स्थानीय र प्रहरीले नियन्त्रणमा लिएपछि उनले उक्त सामग्री उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको भएको र राति प्रिती पठाउन लगोको भन्दै झुट बोलेका थिए । तर बरामत स्थलबाटै अध्यक्ष सुनवारलाई प्रहरीले फोन गर्दा उक्त सामान आफ्नो नभएको सुनवारले बताएका थिए । अहिले उक्त निर्माण सामग्री ठोसे प्रहरी चौकीको नियन्त्रण्मा रहेको स्थानीय सुरेन्द्र श्रेष्ठले बताए । यस अघि पनि प्रधानले लकडाउनको मौका छोपेर ठोसे खाने पानी आयोजनाको ट्याङकीमा पानी हाल्न खोजेपछि स्थानीयको उजुरीपछि प्रशासनले रोकेको थियो ।
उक्त खाने पानी योजना सम्पन्न भएर स्थानीयले पानी खानएको भनिए पनि हालसम्म पानी सञ्चालनमा छैन । मुहानमा समेत इनटेक नबनाई छागाँको पानी ल्याउन पाइप राखिएको छ ।


गत पुसमा, ठोसे, लिसे, गोब्रेटार, एकामफेदी, थुम्की र सिंगटी गरी ६ वटा खानेपानी आयोजनामा स्टिमेट अनुसार कामै नगरी भुक्तानी लिएको र उक्त आयोजनामा काम गरेका एक सय ५० जना मजदुरले तीन वर्षसम्म परिश्रमिक नदिएर लाखौं रुपैयाँ अनियमितता गरेको भन्दै उजुरी परेको थियो । उजुरीपछि स्थलगत रुपमा छानविन गर्न पुगेका जिल्ला प्रशासन कार्यालयको टोलीले प्रधान लगायत केही ब्यक्तिले सोझा ब्यक्तिलाई केहीलाई उपभोक्ता समितिमा बस्न लगाई कामैनगरी भुक्तानी लिएको पाइएपछि १५ दिनभित्र मजदुरलाई परिश्रमिक नदिए पक्राउ गर्ने आदेश दिएको थियो । तीन वटा खानेपानी आयोजनाका स्थानीय विद्यालयका शिक्षक आशाकाजी श्रेष्ठलाई कोषाध्यक्ष बनाएर प्रधानले अनियमितता गरेको पाइएपछि विभिन्न सञ्चार माध्यमा समाचार समेत आयो त्यसपछि प्रधान र श्रेष्ठले लिसे खानेपानी आयोजनका मजदुरलाई साढे सात लाख रुपैयाँ र अन्य खानेपानीमा काम गरेका मजदुरलाई आधा परिश्रमिक दिएका थिए । थुम्की खानेपानी आयोजनको भने चेक फिर्ता दिएका थिए । छानविन गर्न गाउँमा पुगेको जिल्ला प्रशासन कार्यालयको टोलीलाई सबै योजनाका उपभोक्ता समितिका अध्यक्षहरुले प्रधानले आफ्ले आयोजना ल्याएको भन्दै चेकमा हस्ताक्षर गर्न लगाएर लगेको र कतिको योजना भन्ने समेत थाहा नभएको बताएका थिए । तर हालसम्म पनि उक्त उजुरीमाथि लकडाउन र निषेधाज्ञाको कारण अख्तियारको छानविनमा ढिलाई हुँदै आएको छ । इन्जिनियर सत्यालले कर्मचारीलाई बचाउनु पर्छ भन्दै अख्तियार कार्यलय हेटौडमा विभिन्न ब्यक्ति मार्फत तत्कालि छानविनको लागि नजना आग्रह गरिरहरको स्रोतले बताएको छ । प्रधानले समेत केही नेतालाई फोन गरी आफूलाई बचाउन आग्रह गरे पनि उनको विगतदेखि नै भ्रष्ट छवि र अनैतिक क्रियाकलापको विषयमा जनाकार रहेका जिल्लाका नेताहरुले मजदुरको परिश्रमिक दिन र आफू सच्चिन भनेको एक नेताले बताए । आफू उपभोक्ता समितिमा नबसेकाले छानविनबाट बच्ने भन्दै प्रधानले मादक पदार्थ सेवन गरेर स्थानीयलाई धम्की दिदै आएको स्थानीय डवल बहादुर श्रेष्ठले बताए । उनले शिघ्र छानविनको माग समेत गरे । त्यस्तै स्थानीय सुरेन्द्र श्रेष्ठले भ्रष्टाचारको उजुरीमाथि छानविनमा ढिलाई हुँदा थप भ्रष्टाचार मौलाउने बताए । स्थानीय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रधानको विगतदेखि नै विकासे आयोजनमा तरमार्ने र अनैतिक क्रियाकलाप गर्ने छवि बनेको छ । केही वर्ष अधि अनमेल बहुविवाह गरेपछि उनलाई सामाजिक बहिस्कार समेत गरिएको थियो ।

Share this

प्रतिकृया

Add