क्वारेन्टीनमा वडा अध्यक्षको दारुपाटी, स्वास्थ्य चौकी इञ्चार्जलाई सरुवा गर्ने नगरपालिकाको निर्णण

 आइतवार, अशोज २५, २०७७ | onlinenews
Share this

२५ असोज, रामेछाप– रामेछापको मन्थली नगरपालिका–२ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारीले क्वारेन्टीनमै दारुपाटी दिएका छन् । अष्ट्रेलीयाबाट हालै नेपाल आएर क्वारेन्टीनमा बसिरहेका वडा अध्यक्ष अधिकारीले आफ्ना साथीभाइहरुलाई बोलाएर क्वारेन्टीनमै दारुपाटी दिएका हुन् ।
कोरोनाभाइरस नियन्त्रण तथा उपचारका लागि क्वारेन्टीन बनाइएको कठजोर स्वास्थ्य चौकीका इञ्चार्ज सहितका आफ्ना साथीहरुलाई क्वारेन्टीनमा बसिरहेका वडा अध्यक्ष अधिकारीले दारुपाटी दिएको भिडियो सार्जजनिक भएको हो ।
भिडियोमा स्वास्थ्य चौकीका इञ्चार्ज प्रदिप महत्तो, श्री निलकण्ठेश्वर माध्यामिक विद्यालय कठजोरका प्रधानाध्यापक रामचन्द्र अधिकारी, सोहि विद्यालयका मावि शिक्षक महेशकुमार खतिवडालगायत केहि स्थानीयहरु मदिरा सेवन गरिरहेका छन् भने वडाध्यक्ष अधिकारी छेउमा बसेर हेरिरहेको देखिन्छ ।
कोरोना महामारिका कारण बैकल्पिक सिकाइका रुपमा विद्यालयहरुले समय विभाजन गरेर कक्षाहरु सञ्चालन गरिरहेका बेला विद्यालयका प्रधानाध्यापक र शिक्षक नै क्वारेन्टीनमा बसेको व्यक्तिसँग दारुपाटीमा सहभागि हुनुले संक्रमणको जोखिम बढेको स्थानीयको भनाई छ ।
वडाध्यक्ष अधिकारीले भने आपूm बसेको क्वारेनटीनमा नभै स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीको क्वाटरमा साथीभाइसँग रमाइलो गरेको बताए । आपूm विदेशबाट निकै लामो समयपछि नेपाल फर्किएकाले साथीभाइसँग भेटघाट गर्ने उद्देश्यले सामान्य खानपिन गरेर बसेको अध्यक्ष अधिकारीले बताए । जसले भिडियो सार्वजनिक ग¥यो, उसलाई मैले खानपिनमा नबोलाएको कारण मेरो बदनाम गराउने उद्देश्यले भिडियो सार्वजनिक गरेको हो वडा अध्यक्ष अधिकारीले भने ।


म क्वारेन्टीमा बसे पनि मैले पीसीआर गरेर आएको हुँ, मेरो पीसीआर रिपोर्ट नेगेटिभ छ, त्यसकारण म साथीहरुसँग बसेको हुँ उनले भने ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सरकारी भवन त्यसमा पनि स्वास्थ्य चौकीमा बसेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको सहभागितामा दारुपाटी गर्र्नु निकृष्ट र लज्जास्पद काम भएको बताए । दारुपाटी गरेको भिडियो आपूmलाई पनि प्राप्त भएको बताउँदै नगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाइसेकेको नगरप्रमुख बस्नेतले जानकारी दिए ।
स्वास्थ्य चौकीमा दरुपाटी आयोजना गरिएकाले यो घटनाको मुख्य दोषी स्वाथ्यचौकी इञ्चार्ज हो, उहाँलाई कारबाही स्वरुप सरुवा गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ, नगरप्रमुख बस्नेतले भने ।
त्यसैगरी दारुपाटीमा सहभागि निलकण्ठेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई पनि नगरपालिकाले स्पष्टिकरणको लागि पत्राचार गरिसकेको नगरप्रमुख बस्नेतले जानकारी दिए ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले क्वारेन्टीनको मापदण्ड बुझैकै ब्यक्तिहरुबाट यस्तो कार्य गर्नु ठूलो बेइमानी भएको बताइन । क्वारेन्टीनमै मदिरा पाटी आयोजना गरेको भन्ने मैले पनि जानकारी पाएको छु । सोधपुछको लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ब्यक्तिहरुलाई आइतबार बोलाएकोमा कार्यब्यस्तताको कारण उनीहरुसँग छलफल गर्न नपाएको बताउँदै केही दिनमा पुनः बोलाएर छलफल गरि कसुर अनुसारको कानूनी प्रक्रिया अगाडि बढाउने प्रजिअ शर्माले जानकारी दिइन ।
अस्ट्रेलियाबाट आएपछि वडाध्यक्ष तरणिशंकर अधिकारी यही असोज १३ गतेदेखि कठजोर प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टीनमा बस्दै आएका छन् ।

Share this

प्रतिकृया

Add