आगलागिमा परेर ५ वर्षिय बालकको मृत्यु

 शनिबार, मंसिर ६, २०७७ | onlinenews
Share this

रामेछाप– रामेछापको मन्थली नगरपालिका– ७ जाउलेमा आगलागिमा परि ५ वर्षिय बालकको मृत्यु भएको छ । ५ वर्षिय बालक सुजन रम्तेलले खेल्नलाई बोकेको गहतको घाँसले घरमा जडान गरिएको विद्युतको मिटर बक्समा छुदा करेन्ट सट भएर आगलागि भएको मृतकको पारिवारिक श्रोतले जनाएको छ ।


घरमा आगलागि भएको थाहा पाएर आएका छिमेकीहरुले आगोलाई केही नियन्त्रणमा लिएर घरभित्र प्रवेश गर्दा बालकको ज्यान गइसकेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी टोली पुगेपछि मात्र आग पूर्ण नियन्त्रणमा आएको थियो । पानीको समस्याको कारण आग नियन्त्रणमा लिन निकै कठिन भएको थियो । बारिमा खनिएको माटो छकिएर आगो निभाइएको थियो ।


आगलागिमा परेर बालकको मृत्यु हुनुका साथै घर भित्र रहेको अन्न जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आगलागिबाट भएको क्षतिको एकीन विवरण भने आउन बाँकी नै रहेको छ । आगलागिमा परि मृत्यु भएका बालको शब पोष्टमार्टमको लागि सदरमुकाम मन्थली ल्याउन तयारी भइरहेको छ । ५ वर्षिय सुजनको मृत्युसँगै बेहोस भएका मृतकका आमा र हजुरबुबाको यो समाचार तयार हुँदासम्म होस खुलेको छैन ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • छत्र बहादुर मुङ्ग्राती

    दाइ अहिले जिल्ला बिपद ब्यबस्थापन समितिको तर्फबाट रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रदेबि शर्माले पिडितको घरमा पुगि २ लाख रुपैया नगद सहित खाद्यान्न कपाडा प्रदान गर्नु भएको छ ।