मृतकका परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ नगद प्रदान

 शनिबार, मंसिर ६, २०७७ | onlinenews
Share this

रामेछाप– शनिबार आगलागिमा परेर ज्यान गुमाएका मन्थली नगरपालिका–७ जाउलेका मृतक ५ वर्षिय बालकको परिवारलाई जिल्ला विपद ब्यवस्थापन कोषबाट दुई लाख रुपैयाँ नगद राहात स्वरुप प्रदान गरिएको छ ।
घटना घटे लगत्तै घटनास्थलमा पुगेर रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले मृतकका परिवारलाई दुई लाख रुपैयाँ नगद साथै फ्यामेली किट, त्रिपाल, भाँडाकुडा लगायतका सामग्री प्रदान गरेकी हुन् ।


मृतक बालकका बुबा कृष्ण रम्तेललाई प्रमुख जिल्ला अधिकारी शर्माले शनिबार नै राहत स्वरुप २ लाख नगद र नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको १ सेट फ्यामेली किटलगायतका सामग्री प्रदान गरेकी हुन् ।
त्यसैगरी मन्थली नगरपालिका–७ का अध्यक्ष सुदर्शन प्रसाइले पनि मृतकका परिवारलाई ३ बोरा चामल उपलब्ध गराउने बचन दिएका छन् ।
आज दिउसो ५ वर्षिय बालक सुजन रम्तेलको आगलागिमा परि मृत्यु भएको थियो । रम्तेलले बोकेको गहतको घाँसले घरमा जडान गरिएको विद्युतको मिटर बक्समा छुदा करेन्ट सट भएर आगलागि हुँदा उनको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

https://hamroonlinenews.com/2020/11/9639/

Share this

प्रतिकृया

Add