सुनापति र खाँडादेविमा स्वास्थ्य सुरक्षा सामग्री वितरण

 आइतवार, मंसिर ७, २०७७ | onlinenews
Share this

रामेछाप– कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि सुनापति र खाँडादेवी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । खाँडादेवी गाउँपालिकाका ८ वटा र सुनापति गाउँपालिकाका ५ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो ।
पिएसएफ लक्जेम्वर्गको आर्थिक सहयोग तथा टिडिएच जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा सञ्चालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले सो सामाग्रीहरु उपलब्ध गराइएको हो ।
सुनापति गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई फुट सेल्फ सेनिटाइजर, डिस्इन्फेक्सन स्प्रे पम्प ५/५ थान, डिस्इन्फेक्सन केमिकल र सेनिटाइजर २५/२५ लिटर, सर्जिकल मास्क २ हजार ५ सय पिस, पिपिइ सेट १० सेट, सर्जिकल ग्लोब्स १० बक्स र थर्मल गन ५ वटा प्रदान गरिएको छ ।


सो स्वास्थ्य सुरक्षा सामग्री वडा नं. २ का स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई मानपुर, गाउँघर क्लिनिक चाँपश्वरा र वडा नंं. ५ का वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई भिरकोटमा वितरण गरिएको परियोजनाले जनाएको छ ।
त्यसैगरी ३ सय लिटरको पानीट्याङ्की धारा र वास वेसिन सेट र स्टाण्ड सहित हात धुने स्थानको ब्यवस्था गरिएको छ । सुनापति गाउँपालिकाका ४ स्वास्थ्य संस्थाहरु सामुदायिक स्वास्थ्य इकाई मानपुर, गाउँघर क्लिनिक चाँपश्वरा र सामुदायिक स्वास्थ्य इकाई भीरकोटलाई वितरण गरिएको हो ।
खाँडादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई फुट सेल्फसेनिटाइजर, डिस्इन्फेक्सन स्प्रे पम्प ८/८ थान, डिस्इन्फेक्सन केमिकल र सेनिटाइजर ४०/४० लिटर, सर्जिकल मास्क ४ हजार पिस, पिपिइ सेट १० सेट, सर्जिकल ग्लोब्स १६ बक्स र थर्मल गन ८ वटा वितरण प्रदान गरिएको छ । खाँडादेवी गाउँपालिका वडा नं. १, २ र ७ का स्वास्थ्य संस्थाहरुलाई सो सामाग्री वितरण गरिएको हो ।
स्वास्थ्य चौकी टिमु, सामुदायिक स्वास्थ्य इकाई गाल्वा, गाउँघर क्लिनिक चोप्राङ, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिक, स्वास्थ्य चौकी र गाउँघर क्लिनिक कोथवेमा प्रदान गरिएको परियोजनाले जनाएको छ ।
सामुदायिक स्वास्थ्य इकाई गाल्वा, गाउँघर क्लिनिक चोप्राङ, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिक गरी ६ स्थानमा ३ सय लिटरको पानीट्याङ्की धारा र वास वेसिन सेट सहित स्टाण्ड सहित हात धुने स्थानको पनि ब्यवस्था गरिएको छ ।

Share this

प्रतिकृया

Add