मन्थलीको पुरानागाउँमा प्याराग्लाइडिङ परीक्षण उडान सफल, नगर प्रमुख भन्छन् पर्यटन प्रवर्दनमा महत्पूर्ण सफलता

 शुक्रबार, मंसिर १२, २०७७ | onlinenews
Share this

रामेछाप– रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको आकाशमा प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ । पुनागाउँको बहुनचुरामा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ उडाइएको थियो ।
स्थानापति महादेव मन्दिर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको हो । वडा कार्यपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत स्थानापति महादेव मन्दिर क्षेत्रको पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार एवं सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले प्याराग्लाइडिङ परीक्षण गरिएको वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर (भरत) ले बताए ।
पुरानो किंवदन्ती बोकेको बैहिरा महादेवको नामले परिचत स्थानापति मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्याराग्लाइडिङ र ड्रोन क्यामेरा मार्फत थप सम्भाव्यता अध्ययन गरिएको वडाअध्यक्ष मगरको भनाई छ । स्थापनापति महोत्सव सहितको योजना रहेको भए पनि कोरोना संक्रमणका कारण सुरक्षा सतर्कता अपनाएर सम्भाव्यता अध्ययनको काम अघि बढाइएको वडा अध्यक्ष मगर बताए ।


स्थानापति महादेव मन्दिर परिषरबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । प्याराग्लाइडिङ पाइलटहरु लक्ष्मण रत्न शाक्य र गोविन्द गुुरुङले २ वटा प्याराग्लाइडिङ रामेछापको पुरानागाउँको आकाशमा उडाएका थिए । उडान सुुरु र अन्त्य गर्ने स्थान सुुनिश्चित गरेर प्राविधिक हिसाबले तयार बनाउन सके यो ठाँउ प्याराग्लाइडिङ उठानका लागि योग्य हुुनसक्ने पाइलट लक्ष्मण रत्न शाक्य बताए । ‘टेकअफ गर्ने र ल्यान्डीङ गर्ने ठाउँ राम्रो बनाउनुुपर्छ प्याराग्लाइडिङको लागि यो ठाउँमा राम्रो सम्भावना रहेको छ शाक्यले भने । ‘मन्दिरदेखि गुम्बासम्म आकाशमा उडेरै दर्शन गर्न पाइने, लोभलाग्दा डाँडापाखा झन हामी पाइलटहरु यस्तो ठाउँमा धेरै रमाउँछौं’ शाक्यको भनाई थियो । २ जना बोकेर भन्दा पनि एक्लै पाइलट उडेर स्थानीयलाई मनोरञ्जन दिँदै आपूmहरु रमाउन पनि यो ठाउँ उपर्युुक्त हुुने प्याराग्लाइडिङ पाइलट गोविन्द गुुरुङले बताए । मन्थलीको पुरानागाउँ, चिसापानी सहितका क्षेत्रमा पूूर्वाधार विकास गर्न सके व्यवसायिक हिसाबले प्याराग्लाइडिङ उडान सकिने उनको भनाई छ ।


प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले पर्यटन प्रवद्र्धनमा अर्को एउटा सफलता मिलेको बताए । स्थानापति मन्दिरलाई केन्द्रभागमा राखेर यसक्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउँदै नगरप्रमुख बस्नेतले प्याराग्लाइडिङको परीक्षणले अर्को एउटा सफलताको संकेत मिलेको बताए ।
‘मन्थली नगरपालिकालाई पर्यटकीय हवका रुपमा विकास गर्न हामी लागेका छौं, आज स्थानापतिबाट प्याराग्लाइडिङको उडान पनि सफल भयो यसलाई हामीलाई एकदमै उत्साहित बनाएको छ, नगर प्रमुख बस्नेतले भने । ‘पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक मन्थली ल्याउन हामी जनप्रतिनिधिहरु जुुटेका छौं, गाउँ र शहरलाई जोड्ने सहज र सुरक्षित नगर मन्थलीमा पर्यटक लोभ्याउने थुप्रै धार्मिक र प्राकृतिक क्षेत्र रहेका छन नगरप्रमुख भने ।


प्याराग्लाइडिङको नगरप्रमुख रमेश बस्नेत, मन्थलीका प्रमुख प्रशासकीय अधिकृत लिलानाथ पौडेल, राजनीतिक दलका जिल्लाका नेताहरु, सरोकारवाला र स्थानीयले प्रत्यक्ष अवलोकन गरेका थिए । परीक्षणको लागि गरिएको उडानमा प्याराग्लाइडिङमा दुई जना पाइलटहरु पुरनागाउँको आकाशमा १५ मिनेट उडेका थिए ।
पहिलो पटक आफ्नो गाउँघरको आकाशमा प्याराग्लाइडिङमा मानिस उडेको देखेपछि स्थानीय भने चकित परेका थिए । परीक्षण उडान सफल भएपछि गाउँमा सम्भावनाको खोजि गरेर नयाँ अभ्यास गरेको भन्दै जनप्रतिनिधिप्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।

Share this

प्रतिकृया

Add