सहजकर्तालाई वैदेशिक रोजगारी सम्बन्धि अभिमुखिकरण

 बुधबार, चैत्र ९, २०७३ | onlinenews
Share this

चैत्र ९, रामेछाप । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना सामी र सामुदायिक जनशक्ति विकास कार्यक्रम र चारघरे सेवा समितिको आयोजनामा ए.जि.सि.डि.पी कार्यक्रमका सामाजिक परिचालकको लागि सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
पशु सेवा कार्यालयको हलमा ११ बजेबाट सुरु भएको कार्यक्रममा मन्थली नगरपालिका, श्रृजनशील युवा समाज र चारघरे सेवा समितिका गरी १७ जना सामाजिक परिचालकहरुको सहभागिता रहेको छ ।
जिल्लाबाट बैदेशिक रोजगारीमा जाने युवाहरुलाई वैदेशिक रोजगारी सम्वन्धि कस्ता सूचनाहरु दिन सकिन्छ ? भन्ने विषयमा अभिमुखिकरण कार्यक्रममा छलफल हुने आयोजकले जनाएको छ । पहिलो चरणको अभिमुखिकरणमा सहभागि भए पश्चात् समाजिक परिचालकले खेलेको भूमिकाको विषयमा समेत समीक्षा गरिने सूचना केन्द्रका कार्यक्रम संयोजक दिपक के.सीले जानकारी । अभिमुखिकरण कार्यक्रमको सहजीकरण जिल्ला परियोजना संयोजक भोजराज सुनुवार लगायतले गरिरहेका छन् ।

Share this

प्रतिकृया

Add