स्थानीय तहको चुनावमा सजगता अपनाउन साँझेदार संस्थालाई दातृनिकायको निर्देशन

 शनिबार, चैत्र १२, २०७३ | onlinenews

चैत्र १२, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा सजकता अपनाउन दातृ निकायले आफ्ना साँझेदार संस्थलाई निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि गैससकर्मीलाई चुनावप्रति सजग गराउन स्वीस एम्वेसीद्धारा आयोजीत अभिमुखीकरण कार्यक्रममा आफ्ना साँझेदार संस्थाहरुलाई यस्तो निर्देशन दिएको छ ।
अभिमुखीकरण कार्यक्रममा स्विजरल्याण्ड सरकारको अर्थिक सहयोगमा जिल्लामा संञ्चालित परियोजनाका कर्मचारी, गैससमा आवद्ध कर्मचारी लगायत सुरक्षित आप्रवासन परियोजनाका रिटर्नी स्वंसेवकहरु गरी ७० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
स्थानीय निकायको चुनावमा चाहेर वा नचाहेर पनि गैससकर्मी परिचालित हुने हुँदा विकाससँग सरोकार राख्ने गैससहरु स्वतन्त्र र निश्पक्ष हुन नसक्ने भएकाले कार्यक्रम आयोजना गरिएको स्विस एम्बेसीका शुशासन तथा विकास अधिकृत बलराम श्रेष्ठले बताए ।
गैसस र गैससकर्मीहरु राजनीतिक रुपमा सक्रिय हुँदा राजनैतिक लान्छानाको कारण कर्मचारी लगायत सिंङ्गो संस्था नै बदनाम हुने र स्वीसको सहयोगमा संञ्चालित परियोजनाहरु समेत निष्पक्ष हुन नसक्ने पनि उनले बताए ।
नजिकिँदो चुनावमा हुनसक्ने संम्भावित् जोखिम तथा चुनौतिसँग सजग रहन स्विस एम्बेसीका सिनियर सेक्युरिटि मेनेजर छेवाङ नुडुपले सचेत गराए । कार्यक्षेत्रका गाउँपालिकाहरुमा चुनाव हुने मितिको १५ दिन अगावै र चुनावको १ हप्तासम्म  फिल्डका कार्यक्रम स्थगित गर्न पनि उनले आग्रह गरेका छन् ।
गैससहरु विकाससँग प्रत्यक्ष संलग्न हुन भएकोले कुनै पनि राजनैतिक दलको पछाडि नलाग्न समेत नुडुपले निर्देशन दिए । युनाइटेड नेसन, युरोपियन कमिशन, डेनिस इन्टरनेशनल डेभलप्मेन्ट, स्विस एजेन्सी फर डेभलपमेन्ट, क्यानडियन इन्टरनेशनल डेभलप्मेन्ट एजेन्सी, नर्वेजियन एम्बेसी, यु.के.एआइडि, जाइका लगायत १३ वटा दातृ निकायले निर्वाचनको बेला गैरसकारी संस्थाले पालना गर्नुपर्ने आचार संहिता समेत जारी गरेको छ । सो आचारसंहिता पारित समेत गरिएको छ ।

निर्वाचनको बेलामा गैससले पालना गर्नुपर्ने आचारसंहिता यस्तो छ

    जिल्लाको कार्ययोजनाहरु सबै सरेकारवाला (लाभग्राहि, साझेदार, सरकारी पदाधिकारी, स्थानीय सरकार) हरुका संलग्नताको लागि, उहाँहरुको समय र प्रतिबद्धताको लागि चाँहिदो छलफल गर्ने,
    खुल्ला तथा सार्वजनिक ठाँउमा तलिम, बैठक तथा अन्य विकास सम्वन्धिका गतिविधिहरु नगर्नुहोस् । ठूलो भेला, बृहत्त बैठकको कार्यक्रम (धेरै मानिसहरुको भेला) चुनाव मिति नजिक साथै अन्य चुनावी अभियान सँगसँगै हुदैछ भने नगर्नुहोला ।
    विशेष सावधानीका साथ सवै परियोजनाका कर्मचारीहरुले विकास कार्यक्रम वा कृयाकलापहरुलाई राजनैतिक प्रयोजनको लागि वा दुरुपयोग हुन नदिनुहोस् ।
    यदि कर्मचारीहरुलाई जवरजस्ती गैर विकास कार्यक्रममा सहभागि गराउन खोजेमा निश्कृय सहभागिता जनाउनुहोस्(भाषण, व्यानर बोक्ने तथा नारा लगाउने कार्य नगर्नुहोस्) अरुको नजरमा बढी आउने व्यवहार नगर्नुहोस् । यदि बोल्न बाध्य पारेमा केबल परियोजनाका बारेमा मात्र बोल्नुहोस् ।

उम्मेदवार बन्न संस्था र जिम्मेवारी त्याग्नुपर्ने

यदि कुनै गैससका सदस्य वा कर्मचारी ( साझेदार संस्था जसले एस.डि.सी.को सहयोगमा संचालित कार्यक्रम) कार्यक्रमसँग सम्वन्धित् व्यक्ति निर्वाचनमा उम्मेद्धार भएमाः
    सम्वन्धित् व्यक्तिलाई परियोजनाले अनुरोध गर्नु पर्दछ कि उहाँले कार्यक्रम र संस्था संगको सम्बन्ध र पदीय जिम्मेवारी त्याग गरेको खुल्ला रुपमा स्वघोषणा गराउन लगाउने ।
    यदि उक्त व्यक्तिले पद त्याग गर्न अस्विकार गरेमा, उक्त गैसससँगको साझेदारी बारे पुर्नबिचार गर्नुपर्ने हुन्छ त्यसैबेला देखि गैससको निश्पक्षतामा प्रश्न उठ्दछ र यसले कर्मचारीलाई जोखिम बढाउँदछ ।
    आचार संहिताको पूर्ण पालना नभएमा एस.डि.सीको निश्पक्षतालाई अफ्ठेरोमा पार्ने भन्दै आचारसंहिताको पूर्ण पालना गर्न पनि नुडुपले निर्देशन दिएका छन् ।
आचासंहिताको उलंघन गरेमा सिंगो संस्था र कर्मचारीको छवी समेत धुमिलिने भएका गैससरको छवि प्रश्न उठ्न नदिन आचासंहिताको पूर्ण पालना गर्न र गराउँने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समेत शुशाशन तथा बिकास अधिकृत टलक हायुले हाम्रो अनलाईनलाई जानकारी दिए ।

प्रतिकृया

Add