सामी परियोजनाको साझेदार संस्थाको बैठक मन्थलीमा

 शनिबार, चैत्र १२, २०७३ | onlinenews

चैत्र १२ रामेछाप । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना(सामी) को दुईवटा साँझेदार संस्थाहरुको बैठक मन्थलीमा आयोजना गरिएको छ ।
बैदेशिक रोजगारीलाई सुरक्षित, लाभदायक, भरपर्दो र विश्वसनीय बनाउन परियोजनामा आवद्ध कर्मचारीहरुको भूमिकाको बारेमा छलफल गर्न बैठकको आयोजना गरिएको सूचना अधिकृत सागरबिक्रम बस्नेतले जानकारी दिए ।
जिल्ला पशु सेवा कार्यालय, रामेछापको बैठक हलमा सञ्चालीत बैठकमा जिल्ला परियोजना संयोजक भोजराज सुनुवार, स्वीस एम्बेसीका शुशासन तथा विकास अधिकृत बलराम श्रेष्ठ सहित साझेदार संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समिति अन्र्तगतका रिटर्नी स्वंसेवक, वित्तिय साक्षरता सहजकर्ता, सामाजिक परिचालक, मनोपरामर्सकर्ता, परामर्सकर्ता लगायतको सहभगिता रहेको छ ।
सुरक्षित आप्रवासन परियोजना सामीले बैदेशिक रोजगारीमा जाने युवा÷युवतीलाई पूर्व सूचना दिने, विदेश जानुपूर्व निःशूल्क सीप तालिममा सहभागि गराउने, अप्ठेरो तथा समस्यामा परेका पीडितलाई न्याय दिलाउनका लागि पहल गर्नेजस्ता काममा सहयोग पु¥याउँदै आएको छ ।
वैदेशिक रोजगारीमा देखिएका समस्यालाई न्यूनिकरण गरी पीडित व्यक्ति तथा पीडितका परिवारलाई आवश्यक परामर्स र सहयोग गर्ने उद्देश्यले सामी परियोजना रामेछापमा २०७० सालदेखि नै सञ्चालनमा छ ।
परियोजनाले रामेछापक जिल्लाको सविकको १७ वटा गाविसलाई कार्यक्षेत्र बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परियोजनाको साझेदार संस्था चारघरे सेवा समितिले सूचना तथा परामर्स केन्द्र सञ्चालन, मनोसामाजिक परामर्स, रिटर्नी स्वंसेवक परिचालन, सामाजिक परिचालन अन्र्तगत सामुदायिक सचेतना मुलक कार्यक्रम संञ्चालन गर्दै आएको छ । सामुदायिक जनशक्ति विकास कार्यक्रम अन्र्तगत विद्यालय तथा आमसञ्चारका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी साविकको ५ वटा गाविसमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरिरहेको छ ।
दुवै संस्थाको कर्मचारीको सहभागितामा आयोजीत बैठकले परियोजना अन्र्तगतका कार्यक्रमको कार्ययोजना तय गर्ने, कार्यक्षेत्रमा देखिएका समस्या तथा सवालहरुमा कसरी जान सकिन्छ? र कसरी परियोजनालाई प्रभावकारी रुपमा कार्यन्वययन गर्न सकिन्छ? भन्ने विषयमा  बैठक केन्द्रित रहेको सूचना तथा परामर्स केन्द्रका कार्यक्रम संयोजक दिपक के.सीले हाम्रो अनलाइनलाई जानकारी दिए ।

प्रतिकृया

Add